Jagaran Nepal आइतबार, साउन २५, २०७७

कैलाश पर्वतका नाम जोकोहीले सुनेकै हुनुपर्छ । शिव पुराण, मत्स्य पुरणा, स्कन्द पुराण अथाव भगवान शिवको महिमा वाचन गर्दा ‘कैलाश पर्वतको’ नाम र महिमाको जताततै चर्चा हुन्छ ।देवताका पनि देवता आरध्य देव महादेव र माता पार्वतीको वासस्थान रहेको पवित्र पर्वत नै कैलाश पर्वत हो । पौराणिक ब्याख्या अनुसार यस पर्वतका चार मुखहरु स्पटिक, रुबी, निलम, र स्वर्ण श्रृंगारको प्रतिकको रुपमा अनेकौं रत्नले सुस्वभित मुद्रामा रहेको छ । हेमश्रीङ्ग, वैद्युत, ककुन्दमान र वरुण, श्रिङ्गवान र हिरण्याश्रिङ्ग जस्ता छ वटा दिब्य पर्वतहरुको बिचमा अवीस्थत यस पर्वतकोलाई कमलको फूलको प्रतिकको रुपमा पनि लिइन्छ । स्वयं भगवान शिवलाई नै कैलाशको नामले पुकारिन्छ । यो हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल पनि हो । कैलाश पर्वत एक रहस्यमयी पर्वत हो । जहाँ धेरै रहस्यहरु रहेका छन् ।

मानसरोवर स्थित कैलाश पर्वतमा साक्षात भगवान शिव विराजमान छन् भन्ने विश्वास समेत गरिन्छ । हिन्दू धर्मावलम्वीहरुले जीवनमा एकपटक कैलाश मानसरोवरमा जानैपर्ने मान्यता पनि राख्दछन् ।कैलाश पर्वत समुद्री सतहदेखि २२ हजार ६८ फिट उचाईमा पर्छ । हिमालयको उत्तरी क्षेत्र स्थित तिब्बतमा रहेको छ यो हिमाल निकै मनोरम पनि छ ।प्राचीन कालदेखि नै विभिन्न धर्मको लागि यसको विशेष महत्व रहेको छ । यस स्थानको बारेमा लेखिएका विभिन्न मत तथा लोक कथाहरुको कारण पनि यसको महत्व अझ बढी छ । पौराणिक मान्यता अनुसार यस पर्वतमा केही रहस्यहरु यहाँ उल्लेख गरिएको छ |

चार धर्मको तीर्थस्थल:कैलाश मानसरोवर तिब्बती बौद्ध धर्म, अरु सबै देशले मान्ने बौद्ध धर्म, जैन धर्म र हिन्दू धर्मको महत्वपूर्ण तीर्थस्थल हो ।तिब्बतीहरुको मान्यता रहेकोे छ कि यहाँ धेरै वर्ष पहिले एक सन्त कविले त्यहाँ गुफामा बसेर तपस्या गरेको थिए । बौद्ध भगवान बुद्ध तथा मणि पद्माको निवास मान्दछन् । जैनहरुको मान्यता आदिनाथ ऋषभदेव यो निर्माणस्थल अष्टपद मान्दछन् । उनीहरुको आनुसार ऋषभदेवले आठ पाइलामा कैलाशको यात्रा गरेका थिए । कैलाश क्षेत्रलाई स्वयम्भू समेत मान्दछन् ।नदीहरुको उद्गमस्थल:नेपालको कर्णाली नदीको उद्गम स्थल पनि हो– कैलाश पर्वत । कैलाश पर्वतको चार दिशाबाट चारवटा नदीहरुको सुरुवात भएको छ । ती नदीहरुमा ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली । यही नदीहरुबाट नै गंगा, सरस्वती सहित चीनका अरु नदीहरु पनि यही पर्वतबाट शुरु हुन्छन् ।कैलाशको चारै दिशामा विभिन्न जनावरहरुको मुख जस्तो आकृति देखिन्छ । पूर्वमा अश्वमुख (घोडाको मुखजस्तो) रहेको छ । पश्चिममा हात्तीको, उत्तरमा सिंहको र दक्षिणमा याकको आकृति देखिन्छ ।

यस स्थानमा सिर्फ योगी र ध्यानीहरुले मात्रै बसोबास गर्न सक्दछन् । जसलाई यस्तो वातावरणमा बस्ने आदत बसिसकेको छ । यहाँ चारैतर्फ कल्पना पनि नगरिएका पर्वतहरु रहेका छन् । अधिकांश पहाडको उचाई ३५०० मिटर भन्दा माथिका धेरै हिमालहरु त्यहाँ रहेका छन् ।डमरु र ॐ को आवज:कैलाश पर्वत या मानसरोवर तलाउ क्षेत्रमा निरन्तर एक आवाज सुनिन्छ । ध्यानमग्न तथा एकाग्र चित्तले सुन्ने हो भने यहाँ डमरू र ॐ को आवाज सुनिन्छ । वैज्ञानिकहरुका अनुसार यो आवाज हिउ पग्लिएर आएको मान्दछन् । यस्तो पनि मान्यता राखिन्छ कि प्रकाश र ध्वनिकाे समागमबाट यहाँ ‘ॐ’कारको ध्वनि सुनिएको हुनसक्छ ।

येति मानवको रहस्यः हिमालयवासीको भनाइलाई मान्ने हो भने यहाँ यति मानव पाइन्छ । कोई यसलाई हिमाली भालू समेत भन्ने गर्छन् भने कसैले जंगली मानव या हिम मानव पनि भन्छन् । यो धारणा समेत राखिन्छ कि यति मानवले मान्छेलाई मारेर खान्छ । केही वैज्ञानिकहरु भने यसरलाई निडर स्थल मानव मान्दछन् । अधिकांश वैज्ञानिकहरुको दाबी के छ भने हिमालयको बाक्लो हिउ भएको क्षेत्रमा हिम मानव हुन्छन् ।दुई रहस्यमयी ताल:यहाँ २ रहस्यमयी ताल (सरोवर) छन । एउटा मानसरोवर र दोस्रो राक्षस नामको ताल । मानसरोवर दुनियाको शुद्ध पानीको उच्चतम ताल मध्यको एक हो । जसलाई सूर्यसमान मानिन्छ । दोस्रो राक्षस नामक ताल जहाँको पानी पवित्र मानिदैन । यसलाई चन्द्रमासँग तुलना गरिन्छ । यी दुबै तालको सम्बन्ध सूर्य र चन्द्रमासँग जोडिएको छ । जसले सकारात्मक र नकारात्मक ऊर्जा दिने विश्वास गरिन्छ ।

स्वस्थानी ब्रतकथा, स्वस्थानी माताको महिमा बढाउ :

कुमारजी आज्ञा गर्नुहुन्छ – हे! अगस्त्य मुनि, सृष्टिको क्रम र ब्रह्माण्डको वर्णन जुन छ, उक्त पवित्र कथालाई श्री स्वस्थानी परमेश्वरीको महात्म्यका आधारमा म तिमीलाई सुनाउँछु, एकाग्र भई सुन । यो अनन्तकोटि ब्रह्माण्डका नायक सृष्टिकर्ता परमात्माले आफूलाई ३ देवताका रूपमा प्रकट गर्नुभयो । पहिले ब्रह्मा सृष्टि गर्न , विष्णु पालन गर्न र महेश्वरलाई संहार गर्न बन्नुभयो । त्यसकारण उनै परब्रह्मका इच्छाविना सृष्टि, स्थिति तथा संहार कुनै पनि केही हुन सक्दैन र उहाँकै इच्छाअनुसार यो संसारको सृष्टि, स्थिति तथा संहारका अनन्तचक्र चलिरहन्छन् ।

ब्रह्मा, विष्णु र महेश्वरमध्ये विष्णु र महेश्वरको आयुको कुनै प्रमाण छैन । ब्रह्माको सय वर्षको आयु हुन्छ । उक्त सय वर्षको आयुमध्ये एकदिनमा विहान सृष्टि हुन्छ, दिउँसोदेखि रात नपरेसम्म स्थिति हुन्छ भने रात परेर निदाएको समय संहारको समय हो । सत्य, त्रेता , द्वापर तथा कलि काल विहान, दिउँसो , साँझ र रात जस्तै हुन् । अनि ब्रह्माको सयवर्षमा महाप्रलय हुन्छ । फेरि परमात्माले अर्को ब्रह्मा सृष्टि गर्नुहुन्छ र यसैक्रमले अनन्तकालसम्म सृष्टिकार्य चलिरहन्छ । ब्रह्मा, विष्णु र महेश्वरमा विष्णु सत्व , ब्रह्मा रजो तथा महेश्वर तमो गुणका प्रतिनिधि हुन् । सृष्टिका लागि सबभन्दा पहिले पञ्चमहाभूत तत्त्वहरू मन, बुद्धि , शब्द, रूप , रस, गन्ध, काम, क्रोध , लोभ, मोह , मद , मात्सर्य आदि सृष्टि गरिसकेपछि मात्रै प्राणिको सृष्टि हुन्छ । त्यसैले यी कुराहरू सम्पूर्ण प्राणिमा व्याप्त हुन्छन् । सृष्टिका तत्त्वहरू कुनै पनि सजीव र निर्जीव हुँदैनन् । सबै सजीव नै हुन्छन् । विज्ञानले निर्जीव भनेका कुराहरू लगायत सबै कुराहरूमा ब्रह्मा, विष्णु र महेश्वरहरू इलेक्ट्रोन, न्युट्रोन तथा प्रोटोन सरी घुमिरहेका हुन्छन् अनि यसरी घुम्नेक्रम सकिँदामात्र उक्त प्राणिको अन्त्य हुन्छ र सृष्टिका चक्रहरू पारगरिसकेपछि प्रलयको समयमा अन्त्य हुन्छ ।

एउटा अण्डामा भित्री, बाहिरी आवरणहरू भएजस्तै पृथ्वीलगायत ब्रह्माण्डमा पनि यस्तै आवरणका चक्रहरू हुन्छन् । त्यस्तै नवजातवालक मानवको शरीरमा पैदा हुँदा सम्पूर्ण चक्र पार गरिसकेपछि मानव वालक बने जसरी पृथ्वीमा सृष्टि हुँदा सरिसृप, उभयचर हुँदै मानवसम्म भएर कालान्तरपछि सृष्टिको विकास भएको हुन्छ । यो क्रम प्रत्येक मानवको गर्भ प्रक्रियामा अहिलेसम्म पनि उदाहरणका रूपमा चलिरहेको हुन्छ र यो सृष्टिकै प्रमाण हो । त्यस्तै अण्डदेखि ब्रह्माण्ड यी दुई सङ्ख्याहरू मात्रै हुन् यस्ता उदाहरणका सङ्ख्याहरू अनन्त हुन्छन् । त्यस्तै प्रकृति र पुरुष भएर सृष्टिको बृहत्तर सङ्ख्या बृद्धि भएको हुन्छ । चाहे स्त्री पुरुष, चाहे बीज माटो, चाहे आकर्षण विकर्षण , चाहे क्रिया–प्रतिक्रिया यीसबै सृष्टिकै मूलभूत प्रक्रिया हुन् र परमात्मामा अनन्त पनि अटाउँछन् । परमात्मा एक प्रकारले सबैभन्दा सूक्ष्म पनि हुन् तथा सबैभन्दा विशाल पनि हुन् । यसका लागि परमात्माले अनन्त आकाश उदाहरण दिएका छन् । त्यसैले यो परमात्माको परिभाषाको वर्णन गर्न कोटिकोटि ब्रह्मा, विष्णु महेश्वरले पनि सक्दैनन् । त्यसैले जतिजति ब्रह्माण्ड छन् त्यतित्यति ब्रह्मा, विष्णु र महेश्वर हुन्छन्, त्यसैले परमात्मालाई कसैले आँक्न सक्दैनन् ।

यो सृष्टिक्रम भनेको निदाउँदाखेरी जतिपनि हामी देख्छौं पछि ब्युँझदा विलय भए जसरी मृत्युपछिको जीवनमा ब्युँझदै ब्युँझदै जान्छौं । निदाएको अवस्थामा सुख, दुःख, हर्ष ,विस्मात यी यावत् जति प्राप्ति हुन्छन्, त्यसलाई ब्युँझदा प्राप्त गर्न नसकेजस्तै मृत्युपछि पनि अर्को जन्ममा त्यस्तै हुन्छ । त्यसैले यो संसार सुखदुःखादि सपना झैं अनित्य छ । त्यसैले यी सांसारिक कुराहरू सब मनका झमेला मात्रै हुन् । मूल कुरो परमात्मा जान्नु हो । त्यसैले विवेकी प्राणीको एकमात्र लक्ष्य मन, वचन र कर्मले ज्ञानद्वारा परमात्माको कार्यमा सघाउनु हो ।इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां ब्रह्माण्डवर्णनं नाम प्रथमोऽध्यायः ।।दोस्रो अध्यायको लागि हामीलाई फलो गर्नु होला !

सात जुनीको पाप नष्ट गर्ने कैलाश मानसरोवर तीर्थयात्रा

कैलाश पर्वतलाई भगवान शिवको निवास मानिन्छ । यो हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल पनि हो । कैलाश पर्वत एक रहस्यमयी पर्वत हो जसमा आजपनि धेरै राज जोडिएको छ ।कैलाश पर्वतलाई धर्तीको केन्द्र नि मान्ने गरिएको छ । मानसरोवर स्थित कैलाश पर्वतमा साक्षात भगवान शिव विराजमान छन् भन्ने हिन्दूहरुको मान्यता रहेको छ । त्यसैले पनि जीवनमा एकपटक कैलाश मान सरोवरमा जानैपर्ने हिन्दूहरुको धार्मिक मान्यता रहेको छ ।

कैलाश पर्वत समुद्री सतहदेखि २२ हजार ६८ फिट उचाईमा पर्छ । तथा हिमालयको उत्तरी क्षेत्र स्थित तिब्बतमा रहेको छ यो हिमाल । पोखरीले घेरिएको कैलाश पर्वत्को महत्व यसले झनै बढाएको छ ।प्राचीन कालदेखि नै विभिन्न धर्मको लागि यसको विशेष महत्व रहेको छ । यस स्थानको बारेमा लेखिएका विभिन्न मत तथा लोक कथाहरुको कारण पनि यसको महत्व झनै बढेर गएको छ ।चार धर्मको तीर्थस्थल कैलाश मान सरोवर तिब्बती बौद्ध धर्म, अरु सबै देशले मान्ने बौद्ध धर्म, जैन धर्म र हिन्दू धर्मको महत्वपूर्ण तीर्थस्थल हो । तिब्बतीहरुको मान्यता रहेको छ कि यहाँ धेरै वर्ष पहिले एक सन्त कविले त्यहाँ गुफामा बसेर तपस्या गरेको थिए । बौद्ध भगवान बुद्ध तथा मणि पद्माको निवास मान्दछन् । जैनहरुको मान्यता आदिनाथ ऋषभदेव यो निर्माणस्थल अष्टपद मान्दछन् । उनीहरुको आनुसार ऋषभदेवले आठ पाईलामा कैलाशको यात्रा गरेका थिए ।

कैलाश क्षेत्र यस क्षेत्रलाई स्वयम्भू भनिन्छ । वैज्ञानिक मान्यता त यो छ कि भारतीय उपमहाद्वीपको पहिलो समुद्र रहेको मानिन्छ । यसको रसियाको भूमिदेखि हिमालयको सुरुवात भएको थियो भन्ने छ । यो घटना १० करोड वर्ष पहिले घटेको थियो ।
भारत तथा चीनका नदीहरुको उद्भव स्थल कैलाश पर्वतको चार दिशाबाट चारवटा नदीहरुको सुरुवात भएको छ । ती नदीहरुमा ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली । यही नदीहरुबाट नै गंगा, सरस्वती सहित चीनका अरु नदीहरु पनि यही पर्वतबाट सुरु हुन्छ । कैलाशको चारै दिशामा विभिन्न जनावरहरुको मुख जस्तो आकृति देखिन्छ । पूर्वमा अश्वमुख रहेको छ । पश्चिममा हात्तीको, उत्तरमा सिंहको र दक्षिणमा याकको आकृति देखिन्छ । मृ*त्युको यात्रा स्वर्ग जस्तो यस स्थानमा सिर्फ योगी र ध्यानीहरुले मात्रै बसोबास गर्न सक्दछन् । जसलाई यस्तो वातावरणमा बस्ने आदत बसिसकेको छ । यहाँ चारैतर्फ कल्पना पनि नगरिएका पर्वतहरु रहेका छन् । अधिकांश पहाडको उचाई ३५०० मिटर भन्दा माथिका धेरै हिमालहरु त्यहाँ रहेका छन् ।