Jagaran Nepal आइतबार, साउन २५, २०७७

काठमाडाैँ। काठमाडाैँ महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जो’खिम भएका तीन क्षेत्ररूमा स्थानीय वडा तथा सु’रक्षा नि’कायको प’हलमा लकडाउन गरिएको छ ।काठमाडाैँ महानगर २२ वडाअन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भो’सिको क्षेत्र तथा २७ वडा अन्तर्गतको महाबाैद्ध, भोटाहिटी क्षेत्रमा लकडाउन गरिएको काठमाडाैँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोलले बताउनुभयो । त्यस्तै वडा ५ अन्तर्गत हाँडीगाउँ क्षेत्रमा पनि एकै परिवारका पाँच जनामा सङ्क्रमण पाइएपछि लकडाउन गरिएको उहाँले बताउनुभयो ।

स्थानीयले अवस्थाअनुसार सातदेखि १४ दिनसम्म लकडाउन गर्ने निर्णय गरेको जानकारी आफूलाई भएको प्रवक्ता डङ्गोलले बताउनुभयो । त्यस्तै उता मकवानपुरमा कोरोना संक्रमित बढेपछि हेटौंडामा भोली रातिदेखि नि’षेधाज्ञा गरिने भएको छ ।आज जिल्ला प्रशासन कार्यालयमा ब’सेको बैठकले हेटौंडा उपमहानगर क्षेत्र र मनहरी गाउँपालिका स्थित महेन्द्र राजमार्ग वरिपरी नि’षेधाज्ञा जारि गर्ने निर्णय भएको हो ।सोमबार राती १२ बजेदेखि लागू हुनेगरी साउन ३२ गतेसम्म नि’षेधाज्ञा गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।