Jagaran Nepal आइतबार, साउन २५, २०७७

काठमाण्डौ – कोरोना फैलन नदिन सरकारले लागू गरेको लकडाउनका अवधिमा निकै धेरै देहत्यागका घटना बढेका छन् । दिनहुँ जस्तो यस्ता घटना सुनिन्छन् । देहत्याग गर्नेहरुमा युवा युवती धेरै छन् । केहीले सामाजिक सञ्जाल फेसवुकमा ला’इभ आ’एर नै यस्तो गर्न लागेका छन् । फेरी एक काभ्रेकी एक युवती पनि यस्तै अवस्थामा फेला परेकी छन् । तर उनका परिवारका सदस्यहरुले भने युवती आफै देहत्याग नगरेको नभई उनको ज्यान लिएर झु’ ण्ड्या’एको आ’रोप लगाएका छन् ।

युवतीको आमाले भनिन्, मेरो छोरीले यस्तो गर्न सक्दैन, अरु धेरै कुरा नलेख्नु तर मेरो छोरीले न्याय पाउनुपर्छ । अरुले पनि यस्तो भोग्न नपरोस । काभ्रेको वेथान चोक २ ढुगखर्क स्थित स्वास्थ्य चौकीमा बनाइएको क्वारेन्टिनमा एक युवती मृ’त अ’वस्थामा फेला परेकी हुन् । उनी क्वारेन्टिमा बसेकै स्थानमा झू- ण्डि’एको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । दिउसो करिब ३ वजे उनलाई मृ त देखेपछि स्वासथ्य चौकीका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।


रोजगारीका लािग विदेशमा रहेकी उनी ६ दिन अघि मात्र नेपाल आएकी हुन् । वेथानचोककी सोनी लामा विदेशवाट आएको ६ दिनमै क्वारेन्टिनमा झु ‘ण्डिए’को अवस्थामा मृ त फेला परेको हो । स्थानियले घटनापछि स्वास्थ्य चौकीमा तो’डफो’ड गरेका छन् । स्वास्थ्यकचौकीमा कर्मचारी भएकै अवस्थामा दिउसै युवती यस्तो अवस्थामा फेला परेको भन्दै उनीहरुले ष’डयन्त्र भएको बताएका छन् । श्री मेमोरियल अस्पतालमा श’व राखिएको छ । उनीहरुले घटनावारे अनुसन्धान हुनुपर्ने माग गरेका छन् । स्वास्थ्य चौकीमा युवती एक्लै क्वारेन्टिनमा बसेकी थिइन् ।

स्थानिय बासीन्दा र आफन्तले क्वारेन्टिनमा एक्लै बसेको र त्यहाँ सुरक्षा नभएका कारण युवतीको ज्या’न ग’एको बताएका छन् । तर वडाध्यक्षले भने असुरक्षाका कारण उनले त्यस्तो निर्णय गरेको भन्ने कुरा गलत भएको बताउँछन् । उनले खाना र खाजा खानेबेलामा पनि युवती नआए पछि खोजी थालिएको बताए । क्वारेन्टिनमा बसेकाहरुसंग घुलमिल हुने अवस्था नभएका कारण उनी कतिवेला त्यस्तो निर्णय गरिन् भन्ने स्वास्थ्यकर्मीलाई थाहा नहुने उनको राय छ ।

भिडियाे