Jagaran Nepal आइतबार, साउन २५, २०७७

कालेकृष्ण मोरङ / झापामोरङ अनलाइन फेशबुक पेज मार्फत एक महिना सम्म गराइएको दोस्रो सिजनको टिकटक भिडियो प्रतीयोगितामा पोखराकि मन्जु ठकुरीले दुईसय असी जना प्रस्तिपर्धीलाई उछिन्दै प्रथम भएकी छिन ।

प्रतिगितामा दोस्रो बिजेता पोखराकी इन्जु थापामगर तेस्रो बिजेता रतुवामाइ मोरङकि हिरा चौलागाईं लुइँटेल भएकी छिन , सान्त्वना स्वरुप चौथो बिजेता बिराटनगर निवासी चन्दनी शाह भएकी छिन ।

प्रतीयोगितामा पोस्ट भएका भिडियोहरु मध्ये प्रतियोगिताको अन्तिम मिति साउन २३ गते राती बाह्र बजे सम्ममा मन्जु ठकुरीको प्रथम टिकटक भिडियोले एक हजार तीन सय लाइक पाएको थियो, त्यस्तै दोस्रो हुन सफल इन्जु थापामगरको भिडियोले आठ सय लाइक , तेस्रो हुन सफल भिडियो हिरा चौलागाईंको भिडियोले सात सय बैसठ्ठी लाइक पाएको थियो भने सान्त्वना हुने चन्दनी शाहको भिडियोले पाच सय उन्नान्ब्बे लाइक पाएको थियो ।

प्रतियोगितामा सहभागी हुने सम्पुर्ण प्रतियोगिहरुको कला अभिनय उत्कृष्ट रहेता पनि प्रतियोगिताको नियमले गर्दा नतिजा निकाल्न नसकेकाहरुलाइ धन्यवाद प्रकट गर्न चाहन्छौ भन्छ्न अनलाइन पेजका प्रमुख कालेकृष्ण ।
झापामोरङ अनलाइन फेशबुक पेज मार्फत चाडै अन्य नौलो किसिमका कार्यक्रम लिएर आउने अनलाइन पेजका सहजकर्ता प्रमिला निरौलाले बताउनु भएको छ ।
प्रतीयोगितामा प्रथम हुनेलाई नगद पाँच हजार एक पुरस्कार र दोस्रोलाई नगद दुइ हजार तेस्रोलाई एक हजार र सान्वता पाँचसयको रिचार्ज कार्ड रहेको थियोे । प्रतियोगिताको प्रायोजन बिराटनगरका खड्ग कार्कीले गर्नुभएको थियो , झापामोरङ फेशबुक पेज मार्फत प्रत्यक्ष रुपमा साप्ताहिक शनिबार र आइतबार ज्ञानवर्दक कार्यक्रम हाजिरी जवाफ समेत भइरहेकै जनाइएको छ ।

etajakhabar