Jagaran Nepal आइतबार, साउन २५, २०७७

काठमाडौं – साउथ फिल्मका चर्चित अभिनेता महेश बाबुको आज जन्मदिन परेको छ । ९ अगस्ट १९७५ मा भारतको तमिलनाडुमा जन्मिएका महेशले आज आफ्नो ४४ औं जन्मदिन मनाउदैछन् ।

जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामना आइरहेको छ । उनले १९७९ मा कमियो नीडा मा बालकलाकारको भुमिका निभाएर अभिनय शुरु गरेका थिए । उनले बाल अवस्थामा नै ८ वटा फिल्म खेलेका थिए ।

बच्चा बेलादेखी नै अभिनय यात्रा शुरु गरेका महेशले हालसम्म दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनले फिल्म मुरारी बाट निकै चर्चा कमाएका थिए ।