Jagaran Nepal आइतबार, साउन २५, २०७७

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसरा आइतबार ३ सय ८० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या करिब २३ हजार पुगेको छ ।

पछिल्लो २४ घन्टामा ८ हजार ५ सय १५ जनामा पीसीआर परीक्षण गरिएको उनले जानकारी दिए ।

उनका अनुसार आज ४० जना डिस्चार्ज भएका छन् । आजसम्म १६ हजार ३ सय ५३ जना निको भएर घर गएको उनले जानकारी दिए ।
डा गौतमका अनुसार ७५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार आइतबार ७ जिल्ला कोरोना संक्रमण मुक्त रहेका छन् । ति जिल्लामा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन्।

अन्य कुन कुन जिल्लामा कति जना संक्रमित थप भए ?

स्वास्थ्य मन्त्रालयका अनुसार अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका ३ जनामा संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सिराहाका ४ जना, मोरङका २८ जना, प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना सुनसरीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गजेन्द्र नारायण सिहं अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको धनुषाका ३५ जना, महोत्तरीका १५, रौतहटका एकजना, सप्तरीका २ जना, सर्लाहीका २ र सिन्धुलीका एकजना परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नरायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ३ जना, सर्लाहीका एकजना, पर्साका ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ४४ ललितपुरका एकजना र नुवाकोटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा धनुषाका एकजना, काठमाडौंका १८ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ७ जना र नवलपरासी पूर्वका एकजना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, धनुषाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा बाराका एकजना, रामेछापका एकजना, सिन्धुपाल्चोकका एकजना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १३ जना, ललितपुरका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ८ जना, नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा धादिङक एकजना, काठमाडौंका एकजना, नवलपरासी पूर्वका एकजना र पर्साका २ जना, विरेन्द्र सैनीक अस्पतालमा काठमाडौंका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा पर्वतका एकजना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको पाल्पाका एकजना, नलवपरासी पूर्वका एकजना, कपिलवस्तुका ६ जना, रुपन्देहीका ५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २१ जना, बर्दियाका २ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ११ जना, नवलपरासी पूर्वका एकजना, रुपन्देहीका ५ जनामा कोरोना पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका ४ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एकजना र सुर्खेतका २ जनामा कोरोना पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाका ४ जना, कालिकोटका २ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बैतडीका एकजना, डडेल्धुराका ३ जना र डोटीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।