Jagaran Nepal आइतबार, साउन २५, २०७७

एजेन्सी – भारतीय अभिनेता सञ्जय दत्त सिकिस्त बिरामी परेपछि मुम्बईस्थित लिलावती अस्पतालको आइसीयूमा भर्ना भएका छन् । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएकोमा उनलाई आइसीयूमा सारिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गत महिना मात्र कोरोना संक्रमणबाट मुक्त भएका दत्तको अस्पताल भर्ना गरिएलगत्तै गरिएको कोभिड -१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनको स्वाव पीसीआर टेस्टका लागि पनि राखिएको छ । उनलाई आइसीयूको गैर कोभिड वार्ड राखिएको छ । अभिनेता दत्तको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

अभिनेता दत्तको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । यद्यपि, दत्तको उपचार गरिरहेका चिकित्सक जलिल पारकर भने केही महिनाअघि कोरोना संक्रमित भएका थिए । उनी गत महिनामात्र कोरोनाबाट मुक्त भएका हुन् । उनले अभिनेता दत्तको अक्सिजन स्तर किन एक्कासि खस्कियो भन्ने कुराको परीक्षण भैरहेको बताए ।

दत्त २९ जुलाई १९५९मा अभिनेता सुनील दत्त र अभिनेत्री नर्गिसका छोराका रूपमा मुम्बईमा जन्मिएका हुन् ।सञ्जयले बलिउडमा बालकलाकारका रूपमा पाइला राखेका थिए । १९७२मा बनेको रेस्मा और सेरा फिल्ममा बालकलाकार भई अभिनय गरेका उनले २२ वर्षको उमेरमा रक्की फिल्मबाट हिरोका रूपमा डेब्यु गरेका हुन् । ३१ वर्षको फिल्मी करिअरमा उनले थुप्रै हिट फिल्म दिएका छन् ।