Jagaran Nepal शनिबार, साउन २४, २०७७

काठमाडौ । काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको जम्मा संख्या १०४४ पुगेको छ । बिगत २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ५६ जना, ललितपुरमा ३ र भक्तपुरमा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै काठमाडौँ उपत्यकामा संक्रमितको जम्मा संख्या १०४४ पुगेको छ ।

विज्ञका अनुसार यही गतिमा सङ्क्रमितको सङ्ख्या बढ्दै जाने र सजगता नअपाउने हो भने काठमाडौँ उपत्यका दोस्रो पर्सा बन्ने दिन नजिकै रहेको छ । वीर अस्पतालमा कार्यरत डा. प्रकाश भट्टराई भन्छन् ‘सावधानी अपनाउने बेला आएको छ । यही गतिमा सङ्क्रमित थपिँदै जाने हो भने काठमाडौँ उपत्यका दोस्रो पर्सा नबन्ला भन्न सकिन्न ।’

त्यसो त सरकार र विज्ञहरू बिच भएको परामर्श कार्यक्रममा विज्ञहरूले लकडाउन गर्न र आवश्यक परेको खण्डमा कर्फ्यु समेत गर्न सुझाएको थियो । तर सरकारका प्रवक्ता डा. युवराज खतिवडाले तत्काल पुरै देश लकडाउन नगर्ने बताएका छन् ।