Jagaran Nepal शनिबार, साउन २४, २०७७

काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्य शुक्रबार पनि बढेको छ। बिहीबार एक लाख नाघेको छापावाल सुनको मूल्य आज शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ ।

यसैगरी यसदिन तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तोलामा ५० रुपैयाँले बढेको चांदी शुक्रबार पनि तोलामा ५० रुपैयाले बढेर १ हजार २४५ रुपैयाँ पुगेको छ ।

कोरोना भाइरसको महामारी व्यापक रुपमा बढ्दै गएसँगै लगानीकर्ताहरु सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्य दिनप्रतिदिन नयाँ उचाईमा पुग्न थालेको हो।