Jagaran Nepal शनिबार, साउन २४, २०७७

कोरोना त्रासका बिच सुरु भएको लकडाउन संगसंगै नेपाली सिने नगरी पनि व्यापक चर्चा र आलोचनामा रह्यो । जस्ले नाफा हैन घाटा भयो । पुजा शर्मा, बर्षा राउत, साम्राज्ञि राज्यलक्ष्मी शाह, भुवन केसि, दिपाश्री निरौला, सुष्मा कार्की, दिपक राज गिरि विवादका प्रमुख पात्रहरु हुन् । यता राजेश हमाल भने आफ्नो बिना अभिव्यक्ति दिपाश्रीका कारण महानायक काण्डमा मुछिए । सबै बिषयहरु मत्थर हुँदै गएपनी साम्राज्ञी र भुवन बिचको अन्तरद्वन्द भने अझै सकिएको छैन ।

यता सेलाईसकेको अर्को बिषयले सामाजिक संजालमा फेरि जोडतोडले स्थान पाउन थालेको छ । देशको प्रदेश र जिल्लाको संख्या गलत भनेर चिप्लिएकी पुजा शर्मा अझै सो विवादको झमेलाबाट उम्किन सकेकी छैनन् । त्यसपश्चात् उनले एक अन्तरबार्तामा आफ्नो कमजोरी तथा धेरै माया पाएर पुल्पुलिएको कारण यस्तो हुन पुगेको भन्दै आफ्ना फ्यान तथा बिरोधिहरु संग माफी पनि मागेकी थिइन् । तर, उनको पछिल्लो समयको अर्को एक अन्तरबार्तामा दिएको एक अभिव्यक्तिले फेरि उनलाई विवादको मुखमा ल्याएको छ । भिडियो हेर्नुहोस