Jagaran Nepal शनिबार, साउन २४, २०७७

चन्द्रराशि-मीन,आनन्दादि योग-धुम्र,सूर्योदय-५:३१,सूर्यास्त-१८:४६,दिनमान- ३३ घडी ०६ पला,पञ्चक, डाँछीस्थित कोलमती घाटमा स्नान,ललितपुरमा नृसिंह यात्रा (उपाकलँसाया)।

जय गुरु देव, जय शनि देव
नेपाल जननीं वन्दे,जय गोरख
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको पञ्चाङ्ग–
वि.सं.२०७७ साउन -२४,शनिवार,ई.सं. २०२० अगष्ट – ८,शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलागा,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र कृष्णपक्ष तिथि-पञ्चमी , २६:१८ बजे उप्रान्त षष्ठी,नक्षत्र-उत्तरभाद्रपदा , १५:३८ बजे उप्रान्त रेवती,योग-सुकर्मा , ०६:३३ बजे उप्रान्त धृति,करण-कौलव १३:२० बजेदेखि तैतिल , २६:१८ बजे उप्रान्त भद्रा,चन्द्रराशि-मीन,आनन्दादि योग-धुम्र, सूर्योदय-५:३१, सूर्यास्त- १८:४६, दिनमान-३३ घडी ०६ पला,पञ्चक, डाँछीस्थित कोलमती घाटमा स्नान,ललितपुरमा नृसिंह यात्रा (उपाकलँसाया)।

भोलिको पञ्चाङ्ग–
वि.सं.२०७७ साउन -२५,आइतवार, ई.सं.२०२० अगष्ट – ९, शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलागा,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र कृष्णपक्ष तिथि-षष्ठी , २८:२० बजे उप्रान्त सप्तमी,नक्षत्र-रेवती , १८:१३ बजे उप्रान्त अश्विनी,योग-धृति , ०७:०८ बजे उप्रान्त शूल,करण-गर १५:१९ बजेदेखि वणिज , २८:२० बजे उप्रान्त वव,चन्द्रराशि-मीन,आनन्दादि योग-प्रवर्द्ध, सूर्योदय-५:३२, सूर्यास्त-१८:४५, दिनमान-३३ घडी ०३ पला,विश्व आदिवासी दिवस,पञ्चक १८:१३ बजे समाप्ति,सर्वार्थसिद्धि योग १८:१३ देखि २८:२० बजेसम्म।

राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
व्यवसायका लागि यात्रा सम्भावना छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,झगडा पनि हुनसक्छ,अधुरा कामहरू बन्नेछन्,आजको शुभ अंक १ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,पठन–पाठनमा प्रगति हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,शुभ कुराको सङ्केत मिल्नेछ ,आजको शुभ अंक ३ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,आजको शुभ अंक २ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक ६ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,आफन्त बीच अविश्वास बढ्ला,किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक ९ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,आजको शुभ अंक ८ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,आजको शुभ अंक ७ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।

राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।