Jagaran Nepal शुक्रबार, साउन २३, २०७७

श्रीमान्लाई नराम्रो शब्द बोल्ने, हेपेर बोल्ने महिलाले कहिल्लै श्रीमानलाई प्रगती गर्न दिदैनन । श्रीमानहरु परिवारको लागि म र्न तयार हुन्छन । आफ्नो श्रीमानलाइ जतिबेला पनि नराम्रो सब्द बोल्ने ‘हेपेर’ बोल्ने ‘चिच्याएर’ बोल्ने महिलाले कहिल्लै पनि आफ्नो पुरुषको भलो हुन दिदैनन ! उक्तकुरा बिभिन्न अध्ययनबाट समेत प्रमाणित भएको छ।

लोग्ने स्वास्नीको झ गडा परालको आगो’ भन्ने त भनाई नै छ । श्रीमान र श्रीमतीबीच सामान्य ठाकठुक पर्नु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो । तर, जतिबेला पनि नराम्रो सब्द बोल्ने ‘हेपेर’ बोल्ने ‘चिच्याएर’ बोल्ने महिलाले कहिल्लै पनि आफ्नो पुरुषको भलो हुन दिदैनन !

यसको मतलब सामान्य झग’डा गर्नै हुदैन भन्ने होइन श्रीमन श्रीमती भएपछि सामान्य ठाकठुक त भइ नै हाल्छ । सम्बन्धलाई दिगो र रमाइलो बनाउने हो भने मनमा तुष पालेर बस्नु पनि हुँदैन । मनको कुरा आफ्नो जोडीसँग पोखिहाल्नुपर्छ । यदि तपाईं आफ्नो पार्टनरसँग खुल्ला दिमागले राम्रोसँग बोल्न सक्नुभयो भने सम्बन्धमा प्रगाढता आँउछ । तर अनावश्यक ‘किचकिच’ गर्नु हुदैन ।

तर कहिलेकाहीँ हुने स-साना झग’डापछि तपाईंलाई आफ्नो गल्तीको महसुस हुन्छ र यसले तपाईं आफ्नो प्रेमलाई अर्को तहमा पुर्याउन चाहनुहुन्छ भन्ने देखाउँछ ।

पार्टनरको कुनै बानी तपाईंलाई नराम्रो लाग्छ भने आँखा चिम्लिदिन सजिलो हुन्छ । तर पनि यदि तपाईं त्यो बानी सुधारियोस भन्ने चाहनुहुन्छ र राम्रो नतिजा ल्याउनको लागि सामान्य झ गडा बेहोर्न तयार हुनुहुन्छ भने यो चाँहि तपाईंको साँचो मायाको संकेत हो ।

यो पनि पाढाैँ – वैज्ञानिकहरूले पत्ता लगाएको सधैं जवान रहने र’हस्य

तपाइलाइ सुन्दा पनि अचम्म लाग्याे हाेला तर याे साँचाे हाे । वैज्ञानिकहरूले मानव शरीरको हाडमा जवानीको र’हस्य लुकेको पत्ता लगाएका छन् । हाडहरूमा रहेको विशेष किसिमको हर्मोनको मात्रा सही भएमा बुढ्यौलीले छुन नसक्ने अनि स्मरणशक्ति पनि कमजोर नहुने बताएका छन्

अमेरिकाको कोलम्बिया विश्वविद्यालयको जेनेटिक्स विभागका प्राध्यापक जेरार्ड कारसेन्टी र उनको टोलीले विगत ३० वर्षदेखि हाडमा लुकेको रहस्यका विषयमा अनुसन्धान गरिरहेका थिए । हाडमा उत्पन्न हुने ओस्टियोकाल्सिन हर्मोनमा अनुसन्धान गर्दै जाँदा उनले उक्त हर्मोन हाडहरूमा पुराना टिस्युलाई हटाएर नयाँ टिस्यु बनाउन समर्थ रहेको बताए ।

यही हर्मोनका कारण हाम्रो हाइट पनि बढ्ने गरेको छ । जेरार्डले मुसाहरूको जिन निकालेर अध्ययन गर्दा यस हर्मोनले शरीरका प्रतिक्रियाहरूलाई प्रभावित गर्छ । हाडको संरचनाले शरीरलाई उभ्याउने मात्र नभई शरीरका अनेकौं क्रियालाई प्रभावित पार्ने उनले बताए ।

हाडभित्र रहेका टिस्यु शरीरका अन्य ‘टिस्यु’सँग मिलेर आफैं हर्मोन बनाउने र अन्य अं गसम्म संकेत पुर्‍याउने काम गर्छन् । त्यसबाट बुढ्यौली रोक्न र स्मरणशक्ति बढाउन सहायता प्राप्त हुन्छ । प्राध्यापक कारसेन्टीका अनुसार, बुढ्यौली लाग्न नदिन शरीरमा ओस्टियोकाल्सिन बढाउनुको विकल्प छैन । नियमित कसरत गर्दा हाडहरू आफैंले ओस्टियोकाल्सिन बनाउन थाल्छन् ।

दलितसँग बिहे गरेकी छोरीलाई सँगै बसेर बुबाको अन्तिम संस्कार गर्न दिइएन

दलितसँग विवाह गरेको भन्दै इलामको माई नगरपालिका–२ दानाबारीकी यामकला आचार्य विकले बुबाको अन्तिम संस्कार पनि परिवारसँगै गर्न पाइनन् । सोमबार राति निधन भएका बुबा चन्द्रप्रसादको किरिया परिवारसँगै बस्न माइती पक्षले नदिएपछि उनी छुट्टै बसेकी छिन् । यामकलाले १२ वर्षअघि दलित समुदायका रत्नबहादुर विश्वकर्मासँग प्रेम विवाह गरेकी थिइन् । उनलाई अहिलेसम्म माइतीले बोलाएको छैन । बुबाको दाहा संस्कारका लागि जाँदा पनि उनले अपमानित हुनुपर्‍यो ।

‘मैले बुबाको अंश मागेको होइन । जसरी हुन्छ गरिखान्छु । १२ वर्ष बोलाउनु भएन, तर अन्तिम संस्कार सबैसँग गर्न दिँदा के हुन्थ्यो ? दलितसँग बिहे गरेर मैले के बिगारें र !’ यामकलाले भनिन्, ‘बुबाको मुख पनि हेर्न दिइएन, अन्तिम संस्कार गर्ने त मेरो पनि अधिकार छ नि !’

यामकलाको घरबाट माइतीघर करिब तीन सय मिटर दूरीमा छ । बुबाको निधन भएको थाहा पाउनेबित्तिकै उनी रुँदै माइती पुगिन् । १२ वर्षपछि माइतीको आँगन टेकेकी उनलाई गाउँले र बहिनीले झ’म्टिए ।

‘म पुग्ने बित्तिकै गाउँकी लक्ष्मी दंगालले तँलाई बाँचुन्जेल चाहिएन, अहिले के हेर्न आइस् ? आँगन नटेक् भन्दै झपारिन्,’ यामकलाले भनिन्, ‘ठूलोबुबाको छोरी पारू त कुटुँलाझैं गरेर पाखुरा सुर्केर आई । अरू वेला त दलितसँग गएको भनेर बाटो हिँड्दा थुक्थे पनि ।’

यामकलाले घरमा मात्र होइन बुबाको अन्तिम संस्कारमा घाटमा समेत दलितसँग बिहे गरेकै कारण विभेद भोग्नुपर्‍यो । घरमा पुग्दा झपारिएकी उनी बुबाको मुख हेर्न र अन्तिम संस्कारमा सहभागी बन्न माईघाट पुगिन्, तर त्यहाँ पनि विभेद भयो ।

‘छेउमा जाने वातावरण नै थिएन । सबै आफन्त बुबाको छेउमा थिए । म पर अलग्गै बसें । बुबालाई दागबत्ती दिइन्जेल मलाई थाहा छ, त्यसपछि अचेत भएँ । मलाई किरिया माइतमा बस्न नदिने कुरा भएछ, त्यसैले घरमै जुठो बारिरहेकी छु,’ उनले भनिन् ।

मृत्युको अन्तिम संस्कारका वेला श्रद्धाञ्जलीसभा गरिएको थियो । त्यसक्रममा परिवारका सबै सदस्यको नाम लिइए पनि छोरी र ज्वाइँको नाम नलिइएको यामकलाको गुनासो छ । ‘म उहाँको सन्तान होइन र !’ उनले भनिन्, ‘यो हल्लाखल्ला भएपछि बिहान काकाले अरूका कुरामा नलाग् । कामपछि हामी मिलौँ भन्नुभयो । बुबाको अन्तिम संस्कारमा त नमिल्ने कामपछि मिल्लान् र ?’

यामकला माई नगरपालिकाकी उपप्रमुख विष्णुमाया रिमाल आचार्यकी भतिजी हुन् । त्यसैले उनको काकीसँग पनि दुखेसो छ । यद्यपि, उनीहरूको परिवार वर्षौँअघि नै छुट्टाछुट्टै बसिरहेका छन् । ‘काकी त कम्युनिस्ट पार्टीको नेता । उहाँ दलितका पक्षमा बोल्दै हिंडेको सुनेको थिएँ । तर, उहाँ र काकाले पनि केही भन्नु भएन,’ यामकलाले भनिन् ।

यामकलाका श्रीमान् रत्नले विभेद भयो भनेर सुनाउने ठाउँ पनि नभएको बताए । ‘काकी उपप्रमुख, उहाँकै नेतृत्वमा रहेको न्यायिक समितिमा गुनासो गर्ने होला । उहाँ नै घरको मान्छे भएपछि हामीले कसरी न्याय पाउँला,’ उनले भने ।

माई नगरपालिकाकी उपप्रमुख विष्णुमायाले आफ्नो परिवार वर्षौँअघि छुट्टिएको बताइन् । ‘जेठाजु २५ वर्षअघि छुटिनु भएको हो । हामी एउटै घरको होइन । फेरि पनि मैले त सम्झाएकै हुँ,’ उनले भनिन्, ‘मलाई उपप्रमुख होइन, बुहारीको नजरमा पनि हेरिदिनू ।

कहिलेकाहीँ आफ्नो घरको त जिम्मा लिन सकिँदैन, जेठाजुको घरको कसरी लिनु ?’ उनले आफू जहिले पनि जातीय विभेदको विरुद्धमा भएको बताइन् । छोरीलाई सँगै राखेर किरिया बार्न परिवारमा पनि कुरा राखेको तर, आमा र भाइले नमानेको उनको दाबी छ । नयाँ पत्रिका दैनिकबाट