Jagaran Nepal शुक्रबार, साउन २३, २०७७

एजेन्सी। केन्याली सरकारी अधिकारीहरुले नै सन् २०२० को शैक्षिक वर्ष नै र’द्ध हुने घोषणा गरेका छन् । राष्ट्रभरिकै केहि बिदार्थीले अनलाइन मार्फत अध्ययन गर्दै थिए भने केहि त्यसबाट पनि ब’न्चित रहेको अवस्थामा गत जुलाईमा सरकारले आगामी जनवरी अर्थात औपचारिक रुपमा शैक्षिक वर्ष शुरु हुने समय देखि मात्र नयाँ शैक्षिक सत्र शुरु हुने भन्दै २०२० को शैक्षिक सत्र र’द्धै भएको घोषणा गरेको थियो । अब केन्याली बिद्यार्थीहरुले आफ्नो कक्षा दोहर्‍याउनु पर्ने भएको छ ।

शिक्षाविदहरुका अनुसार कोभिड १९ महामारीको कारण यसरी शैक्षिक वर्ष नै र’द्ध गर्ने केन्या विश्वको पहिलो मुलुक हो । शिक्षा मन्त्री जर्ज मागोहाले लामो छलफल पछि शिक्षक र बिद्यार्थीहरुको ज्यान जोगाउने हिसाबले मात्र नभई शिक्षा आर्जन गर्ने समान अधिकारलाई समेत मध्यनजर राख्दै सरकारले यो चु’नौतिपूर्ण निर्णय लिएको बताएका छन् ।

किनभने अनलाइन अधययनका लागि सबैसंग प्राविधक पहुँच पुगेको थिएन । गत मार्च देखि केन्यामा पठन पाठन बन्द भएको हो ।
यसबाट ९० हजार भन्दा बढि बिद्यालय र १ करोड ८० लाख भन्दा बढि बिद्यार्थी प्रभा’वित भएका छन् ।