Jagaran Nepal शुक्रबार, साउन २३, २०७७

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपूतको मृ त्युको आ रोप मा घे रिएकी अभिनेत्री रिया चक्रवर्ती प्रवर्तन निर्देशनालय अर्थात् इडीमा आफ्नो बयान दर्ता गर्न मुम्बईस्थित कार्यालय पुगेकी छिन् । रियाका अनुसार उनको याचिका सर्वोच्च अदालतमा विचाराधीन छ र सर्वोच्चको आदेशपछि नै इडीले बयान दर्ता गर्नुपर्छ । यसअघि रियाले आफ्नो बयान दर्ता गराउने समय बढाउन आग्रह गरेकी रिया चक्रवर्तीलाई नोटिस जारी गर्दै शुक्रबार बयान दर्ता गर्न इडीले बोलाएको थियो ।

इडीले यो मामिलामा कथित आर्थिक अ नियमि ताको अ नुस न्धान गरिरहेको छ । रियामाथि सुशान्तको खाताबाट १५ करोड निकालेर आफ्नो कम्पनीमा लगानी गरेको आरोप छ । सुशान्त सिंहको श व जून १४ मा उनको मुम्बईस्थित घरमा भेटिएको थियो । मुम्बई प्रहरीले यसलाई आ त्मह त्या ठानेर अनुसन्धान गरिरहेको छ ।

यसैबीच ईडीले सुशान्तका बिजनेस म्यानेजर श्रुती मोदीलाई पनि सोधपुछका लागि बोलाएको छ । सुशान्तका साथी सिद्धार्थ पिठानीसँग ८ अगस्टमा सोधपुछ गरिनेछ । रियाले सर्वोच्च अदालतमा याचिका दर्ता गरेर पटनमा उनीवि रुद्ध दर्ता भउको मु द्दा मुम्बईमा स्थानान्तरण गर्न आग्रह गरेकी छिन् ।