Jagaran Nepal शुक्रबार, साउन २३, २०७७

काठमाडौं। रुसले आफ्नो को’रोनाभा’इरसवि’रुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल औपचारिक रुपमा पनि पूरा भएको बताएको छ । रुसको सरकारी मिडिया स्पुतनिकका अनुसार गेमालेया इन्स्टिच्युटले बनाएको यो भ्याक्सिनको क्लिनिकल ट्रायल पूरा भएको अन्य २ भ्याक्सिनको क्लिनिकल ट्रायलको लागि समेत अनुरोध आएको स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले बताएका हुन् ।

मुराश्कोले अब यो भ्याक्सिन कहिले बजारमा ल्याउने भन्ने कुरा गेमालेयाका वैज्ञानिकहरुमा निर्भर गर्ने बताएका छन्। यसअघि रुसी अधिकारीहरुलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले रुसको यो भ्याक्सिन १० अगष्ट वा सोभन्दा पहिले नै बजारमा ल्याउने तयारी भइरहेको बताएको थियो । यो भ्याक्सिनप्रति २० भन्दा बढी देश र केही अमेरिकी कम्पनीहरुले पनि चासो देखाएको रुसी अधिकारीहरुले सीएनएनलाई बताएका थिए ।

अब क्लिनिकल ट्रायल औपचारिक रुपमा पूरा भइसकेको स्वास्थ्य मन्त्रीले घोषणा गरिसकेको अवस्थामा यो भ्याक्सिन अगष्ट १० भित्र नै बजारमा आउन सक्ने सम्भावना देखिएको छ । किनकि, अगष्ट १० आउन अझै ३ दिन बाँकी छ र स्वास्थ्यमन्त्री मुराश्कोले स्पुतनिकलाई बताएअनुसार यसको स्वीकृतिका लागि कागजी का’रवाही भइरहेको छ।

गेमालेयाले यो भ्याक्सिन सबैभन्दा पहिले फ्रन्टलाइन स्वास्थ्यकर्मीहरुलाई दिइने बताएको थियो । रुसको सोभरन वेल्थ फण्डका प्रमुख किरिल मित्रिभले यसलाई ऐतिहासिक अवसर भनेका थिए । उनले यो भ्याक्सिनको क्लिनिकल टायल पूरा हुनुलाई तत्कालीन सोभियत संघले पहिलो भू–उपग्रह स्पुतनिक अन्तरिक्षमा पठाएको घटनासँग तुलना गरेका थिए । अन्तरिक्षमा भू–उपग्रह पठाउने पहिलो देश तत्कालीन सोभियत संघ (अहिलेको रुस) थियो । उनले स्पुतनिक अन्तरिक्षमा पठाएको खबरले अमेरिकीहरु चकित परेजस्तै अहिलेको भ्याक्सिनको खबरले पनि अमेरिकीहरु चकित पर्ने बताए।

यद्यपि रुसले अहिलेसम्म यो भ्याक्स्निको ट्रायलका कुनै पनि तथ्यांक सार्वजनिक गरेको छैन । ट्रायलका आधिकारिक दस्तावेजहरु हेर्न र विश्लेषण गर्न नपाएकोले विश्वका स्वास्थ्य विज्ञहरुले यो भ्याक्सिनको प्रभावकारिताका बारेमा यत्तिकै टिप्पणी गर्न नसकिने बताएका छन् । विज्ञहरुले तथ्यांक नपाएकोले यो भ्याक्सिनको प्रभावकारितामाथि आशंका गरेका छन् । केहीले राजनैतिक द’बाबले चाँडै भ्याक्सिन बजारमा ल्याएको भन्दै यसको आलोचना पनि गरेका छन्।