Jagaran Nepal शुक्रबार, साउन २३, २०७७

काठमाडौँ। चीनमा फेरि नयाँ भाइरसको संक्रमण सुरु भएको छ । चीनको हुबेइ प्रान्तको वुहानबाट शुरू भएको कोरोनाभाइरस संक्रमणको त्रास विश्वभर फैलँदा आँफु मास्क र सेनिटाइजर बेचेर संसारको रमिता हेरेको चीनको जियाङसु प्रान्तमा एसएफटीएस भाइरस फेला परेको हो ।

जसबाट हालसम्म ६० भन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने हालसम्म ७ जनाको ज्यान गएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।सन् २०११ मा पहिलो पटक चीनमा पत्ता लागेको यो भाइरसको संक्रमण फेरी सुरु भएको र पछिल्लो पटक ३७ जना भन्दा बढी संक्रमित भएको ग्लोबल टाइम्सको एक रिर्पोटमा उल्लेख छ ।

यो भाइरस जनावरहरुमा पाइने किर्नाको माध्यमबाट संक्रमण हुने र त्यसबाट मानिसमा पनि खतरा बढ्ने समाचारमा जनाइएको छ ।

“पुष्पा अधिकारीलाई बच्चा दिएर परोपकारी काम गर्न दिउँ”

काठमाडौं। सरकारले अनाथ वा अ’पाङ्गलाई राम्ररी हेर्ने गरेको भए पुष्पा जस्ति समाजसेवीहरू आफ्नो गृहस्थी छाडेर किन तम्सिनु पर्थ्यो र? लहैलहैमा भावुकतावस उत्ताउलो बन्न खोज्ने, असंवेदनशील सरकारी निकाय र अधिकारीहरू, कसैको हजार सत्कार्य नदेखेर एउटा मात्र ग’ल्ती पाउँदा के के न रडाको मच्चाउने तर आफू चैँ त्यस्ता परोपकारी काम गर्न हिम्मत गर्न नसक्ने, दुईचार पैसा चन्दा फ्याँक्दैमा कति न ठूलै महान परोपकारी काम गरेँ भन्ठान्नेहरूको पछिपछि जनता कुद्नु झन् वाक्कलाग्दो छ।

भीम उपाध्याय
खटेर काम गर्नेहरूको अगाडि गफ गर्नेहरूको जबसम्म बोली बिकिरहने छ, नेपाली समाज परोपकारी हुने कुनै गुन्जायस हुने छैन। शिला झैँ खोज्नुपर्ने केही सीमित त्यागी असल मान्छेहरूका पछि चियो गर्दै लागेर छिद्र वा खोट खोज्दै हिड्नु हिनभावनाग्रस्तहरूको चरित्र हुन्छ। आफू सिन्को नभाच्ने, केही गर्न पनि नसक्ने तर अरूको काममा पनि खोट मात्र खोजी रहने समाजले मानिसलाई अघि बढाउन र परोपकारी काम गर्न प्रोत्साहित गर्दै गर्दैन। हजार असल काम गरिरहेको मान्छेको एउटा भए पनि खोट खोज्दै शैतानीकरण गर्ने र हजार ख’राबी गर्नेको एउटा राम्रो कामलाई देवत्वकरण गर्ने समाज प्रगतिशील हुँदैन, भएको मानिँदैन।

समाज कृ’तघ्न बन्ने तिर जानबाट रोक्नैपर्छ, कृतज्ञ बन्न प्रोत्साहित गर्दै रहनुपर्छ। मिडियाको कुरालाई सीमाभित्र राखेर मनन गर्नुपर्छ। छापिएका, बोलिएका, भनिएका देखाईएका सबै कुरालाई सतप्रतिश सत्य ठानेर मत बनाउन हुँदैन। असलको संरक्षण तथा जगेर्ना गर्नुपर्छ। समाजमा उपयोगी र असल बन्नका लागि सबैलाई सबैले प्रोत्साहित गरिरहनुपर्छ।