Jagaran Nepal शुक्रबार, साउन २३, २०७७

काठमाडौं। सरकारले अनाथ वा अ’पाङ्गलाई राम्ररी हेर्ने गरेको भए पुष्पा जस्ति समाजसेवीहरू आफ्नो गृहस्थी छाडेर किन तम्सिनु पर्थ्यो र? लहैलहैमा भावुकतावस उत्ताउलो बन्न खोज्ने, असंवेदनशील सरकारी निकाय र अधिकारीहरू, कसैको हजार सत्कार्य नदेखेर एउटा मात्र ग’ल्ती पाउँदा के के न रडाको मच्चाउने तर आफू चैँ त्यस्ता परोपकारी काम गर्न हिम्मत गर्न नसक्ने, दुईचार पैसा चन्दा फ्याँक्दैमा कति न ठूलै महान परोपकारी काम गरेँ भन्ठान्नेहरूको पछिपछि जनता कुद्नु झन् वाक्कलाग्दो छ।

भीम उपाध्याय
खटेर काम गर्नेहरूको अगाडि गफ गर्नेहरूको जबसम्म बोली बिकिरहने छ, नेपाली समाज परोपकारी हुने कुनै गुन्जायस हुने छैन। शिला झैँ खोज्नुपर्ने केही सीमित त्यागी असल मान्छेहरूका पछि चियो गर्दै लागेर छिद्र वा खोट खोज्दै हिड्नु हिनभावनाग्रस्तहरूको चरित्र हुन्छ। आफू सिन्को नभाच्ने, केही गर्न पनि नसक्ने तर अरूको काममा पनि खोट मात्र खोजी रहने समाजले मानिसलाई अघि बढाउन र परोपकारी काम गर्न प्रोत्साहित गर्दै गर्दैन। हजार असल काम गरिरहेको मान्छेको एउटा भए पनि खोट खोज्दै शैतानीकरण गर्ने र हजार ख’राबी गर्नेको एउटा राम्रो कामलाई देवत्वकरण गर्ने समाज प्रगतिशील हुँदैन, भएको मानिँदैन।

समाज कृ’तघ्न बन्ने तिर जानबाट रोक्नैपर्छ, कृतज्ञ बन्न प्रोत्साहित गर्दै रहनुपर्छ। मिडियाको कुरालाई सीमाभित्र राखेर मनन गर्नुपर्छ। छापिएका, बोलिएका, भनिएका देखाईएका सबै कुरालाई सतप्रतिश सत्य ठानेर मत बनाउन हुँदैन। असलको संरक्षण तथा जगेर्ना गर्नुपर्छ। समाजमा उपयोगी र असल बन्नका लागि सबैलाई सबैले प्रोत्साहित गरिरहनुपर्छ।

अहिले सोसल मिडियाले गर्दा सामान्य कुरालाई एम्प्लिफाई गरिदिएर ठूलो पर्सेप्सन बनाउने गर्छ। समाजमा यस्ता हजारौँ घ’टना भइरहेका हुन् विगतदेखिनै। गल्ती सबैबाट हुन्छ, नियत र मनसाय असल रहेको ग’ल्ती क्षम्य हुन्छ पनि । ग’ल्ती अनुसारको सजाय दिन सकिन्छ तर जिम्मेवार समाजसेवीहरूलाई नचाहिँदो निरूत्साहित पार्न हुदैन। त्यसले समाजलाई र आफैँलाई बढी खति गर्छ। पुष्पाजीले गर्दै आएको आमाको जिम्मेवारीको काम अरूले गर्न सक्ने खालको पनि छैन।

यहाँ दर्जन बच्चाहरूले अकस्मात आमा गु’माएका छन्। यसमा बच्चाको दो’ष छैन, आमा त आमा नै हो नि। आमाबिहीन बच्चाको कल्पना गरौँ अनि बल्ल हामीमा मानवता जाग्नेछ। ग’ल्तीका कारण आमा र बच्चाहरूको नाता र जिम्मेवारी टुट्न पाउनु त हुदैन नि । आमालाई बच्चा फिर्ता दिएर बच्चाहरूलाई आमा पुनः दिलाउनु सबै नेपालीको कर्तब्य र धर्म हो। जिम्मेवार समाज त्यही हुन्छ।

नेपालमा कसैको एउटा सानो ग’ल्ती भेटियो भने उसले गरेको हजार वटा राम्रो कामको वास्ता नगरेर खेद्नु खेदिन्छ। बदमासहरूले हजार वटा नराम्रा काम गरेर पनि एउटा राम्रो काम गर्यो भने वाहवाह गर्दै पुज्नु पुजिन्छ। यसलाई निरूत्साहित गर्नैपर्छ।

अब अरू नियमित का’नुनी का’र्यवाही हुँदै गरोस् तर बच्चाहरू आमालाई तत्काल फिर्ता दिइनुपर्छ। सरकारी जागिरेले परोपकारी संस्था चलाउनै सक्दैन । यसका लागि परोपकारी भावना, त्याग, बात्सल्य, ममता, मातृभाव, जीवन उत्सर्ग गर्ने क्षमता र गुण भएको ब्यक्तित्वको खाँचो पर्छ। यस्ता कामहरू प्राविधिक वा पैसाका कुरा हैनन्, सेवाभाव, मानवीय भावना, संवेदना र संगठन संचालन क्षमताको विषय हुन्।

एउटा बच्चा जन्माएपछि न्युनतम २० वर्षको सघन हेरचाह, शिक्षा, पालनपोषण, निरन्तरको गाईडेन्स गर्नुपर्ने दीर्घकालिन प्रोजेक्ट बन्छ। बिहे गर्ने, बच्चा जन्माउने वा अर्काका १ दर्जन बच्चा अपनाएर, पालेर, हु’र्काएर, सक्षम, शिक्षित नागरिक बनाएर ससम्मान बाँच्न सिकाउँदै हिम्मतका साथ समाजमा शिर ठाडो पारेर जीवन जिउन तयार पार्ने लरोतरो चानचुने काम हैन। मानिसलाई जीवन जिउन सक्षम बनाउने कामको बारेमा चर्चा गर्दा हावामा कोही कुद्नु हुदैन !