Jagaran Nepal शुक्रबार, साउन २३, २०७७

काठमाडौं, २३ साउन । काभ्रेको क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले आ`त्मह`त्या गरेकी छिन् । साउन १६ गते दुबईबाट नेपाल आएर उनी गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।

काभ्रेको बेथानचोक गाउँपालिका वडा न. ४ घर भएकी युवतीले शुक्रबार दिउँसो झु`ण्डिएर आ`त्मह`त्या गरेकी हुन् । उनको मृ`त्यु भएसँगै आफन्तले क्वारेन्टिनको व्यवस्थापनको लापरवाहीले भएको भन्दै आ`क्र`मण गरेका छन् । आक्रोसित आफन्तले क्वारेन्टिन भवन र त्यहाँ खटिएका स्वास्थ्यकर्मी माथि पनि ढुं`गा`मु`ढा प्र`हार गरेका थिए । आफन्तले प्रहार गरेको ढुं`गा मु`ढाले एक प्रहरी र दुई स्वास्थ्यकर्मी घा`इते भएका छन् ।

यो अर्को समाचार
काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । गत २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृ`त्यु भएसँगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुषको साउन २२ गते दिउँसो ३:३० बजे पाटन अस्पतालमा मृत्यु भएको हो । उनी मधुमेह तथा उच्च रक्तचापका बिरामी थिए । उनलाई साउन १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी मृतकमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुषको साउन २० गते घरमै मुत्यु भएको हो । उनको साउन २१ गते नारायणी अस्पतालको प्रयोगशालामा स्वाब संकलन गर्दा साउन २२ गते कोरोना पुष्टि भएको थियो ।

सिरहा जिल्ला गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए । उनी डायलसिस गराउँदै आइरहेका थिए । उनमा साउन २१ गते कोरोना पुष्टि भएको थियो ।

मृतकमा सर्लाही जिल्ला बसन्तपुरका ४५ वर्षीय पुरुषको साउन २३ गते उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । गत साउन १९ गते कुकुरले टोकेर अस्पतालमा भर्ना भएका उनलाई रेबिजको शंका गरिएको थियो । उनको स्वाब संकलन गर्दा शुक्रबार कोरोना पुष्टि भएको थियो ।

साथै पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्प्तालमा मृत्यु भएको हो । उनी मधुमेह, उच्च रक्तचाप तथा मुटुका बिरमी थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको साउन २२ गते कोरोना पुष्टि भएको थियो ।