Jagaran Nepal शुक्रबार, साउन २३, २०७७

शंकरको शं ” को अर्थ हो कल्याण र ” कर ” को अर्थ हो गर्ने । शंकरको अर्थ कल्याण गर्ने भन्ने हुन् आउछ । शिव ,अद्वैत ,कल्याण यी सबै शव्दहरु एकै अर्थका बोधक हुन् । शिवनै ब्रह्मा हुन् ,ब्रह्मानै शिव हुन् ,शिवनै बिष्णु हुन् अनि बिष्णुनै शिव हुन् । यस संसारको श्रिश्टि ,पालन र संहारकोलागि एउटै नाउ बिभिन्न नामले चिनिदै आएको छ । शिवलिंग भगवान शिव प्रतीक हो ।निश्चल ज्ञान र तेज़को प्रतिनिधित्व शिवलिंगले गरेको हुन्छ । ‘शिव’ को अर्थ हो – ‘कल्याणकारी’ र ‘लिंग’ को अर्थ हो – ‘सृजनता ‘ । शिवलिंग जल, दूध, बेलपत्रले पूजिन्छ । लिंग को मूल मा ब्रह्मा, मध्य मा विष्णु र माथि पट्टि प्रणवाख्य स्वयम् महादेव रहेका हुन्छन । शिवलिंगको वेदी महादेवी स्वरुप हुन् र लिंग स्वयम् महादेव । शिवलिंगको मात्र पूजा गर्दा सबै देवी देउताको पूजा गरेको मानिन्छ । शिवलिंगमा जल अर्पण गर्नुको अर्थ हो प्राणको सुरक्ष्या । शिवलिंग माथि जल अभिषेक गर्नुको अर्थ हो परम तत्वमा प्राण विसर्जन गर्नु ।

रुद्राष्टाध्यायी यजुर्वेदको एउटा अंग हो र वेद सनातनी हिन्दुको सर्बोत्तम ग्रन्थ हो । वेद शिवको अंश हो यसकारण वेदः शिवः शिवो वेदः भन्ने गरिन्छ । अर्थात् वेदनै शिव हो तथा शिवनै वेद हो , वेदको प्रादुर्भाव शिवबाटै भएको हो । भगवान शिव तथा विष्णु एकांश भएकाले हरिहर भनिएका हुन् ।हरि अर्थात् नारायण विष्णु र हर अर्थात् महादेव शिव । वेद र नारायण पनि एक हुन् । वेदो नारायणः साक्षात् स्वयम्भूरिति शुश्रुतम् । यसै कारण नेपाली संस्कृतिमा वेदको महत्व बढि छ र वेद कै ऋचा तथा सूक्तहरुले पूजा, यज्ञ, अभिषेक आदि गरिन्छ । शिव, महादेव, हरि, विष्णु, ब्रह्मा, रुद्र, नीलकंठ आदि सबै ब्रह्मकै पर्यायवाची शब्द हुन् । रुद्र अर्थात् ‘रुत्’ र रुत् अर्थात् दुस्ख नष्ट गर्ने रुद्र हुन् , रुतं–दुःखं, द्रावयति–नाशयति इति रुद्रः रुद्रहृद यो पनि षदमा लेखिएको छ |

सर्वदेवात्मको रुद्रस् सर्वे देवास् शिवात्मकास्।रुद्रात्प्रवर्तते बीजं बीजयोनिर्जनार्दनस्।।यो रुद्रस् स स्वयं ब्रह्मा यो ब्रह्मा स हुताशनस् ब्रह्मविष्णुमयो रुद्र अग्नीषोमात्मकं जगत्। यही श्लोक अनुसार रूद्रनै ब्रह्मा, विष्णु हुन् सबै देउता रुद्रांश हुन् र सबैकुरो रुद्रबाटै उत्पन्न भएका हुन् यस्तो छ शिव स्वरुपको सार्थक अर्थ रुद्रनै ब्रह्म स्वरुप हो , र उनीनै स्वयम्भू हुन् । शिवलिङ्गको प्रादुर्भाव र चतुर्दशी तिथिको महत्व : शिवलिङ्गको प्रादुर्भाव चतुर्दशी तिथिको दिन भएको थियो । सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए । यो समस्त श्रिश्टिको रचना फाल्गुन कृष्ण पक्ष चतुर्दशी तिथिको दिन भएको थियो । सनातनी हिन्दु परम्परामा एक बर्षमा चारवटा रात्री मनाइन्छ ।

यो पर्व कालरात्री (बडा दशैं) , मोहरात्री (कृष्ण) जन्माष्टमी , सुखरात्री (लक्ष्मी पूजा ) झैँ शिवरात्री भनि मनाउनु पर्ने कारण के हो भने ईशान संहिता अनुसार यसै फाल्गुण कृष्ण चतुर्दशीको तिथिको मध्य रातमा निराकार ब्रह्म स्वरुप शिवलिंगको प्रतीक भै यस लोकमा अवतरित भएका थिए तथा यसै दिन प्रदोष कालमा भगवान शिवले ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्नेछन भन्ने मान्यता ईशान संहितामा उल्लेखित छ ।ईशान संहिता अनुसार महा शिवरात्रीकै दिन ब्रह्मा र विष्णु स्वरुप अगाडी अत्यन्त प्रकाशवान आकार प्रकट भएको थियो । यसै दिन भगवान शिव र आदि शक्तिको बिहे हिमालय पर्वतमा भएको थियो । यसैदिन भगवान शिवले ताण्डव र भगवतीले ” लास्यनृत्य ” गर्दा ती दुइको समन्वयले यस काश्यपी शृष्टिको सन्तुलन बन्न सकेको हो । भगवतीको लास्यनृत्य नभएको भए शिवजीको ताण्डव नृत्यको कारण यो श्रिश्टी खण्ड खण्ड हुन् सक्थ्यो । शिव रात्रिकै दिन समुन्द्र मन्थन गरिएको थियो । समुन्द्र मन्थनबाट निस्किएको कालकुट बिष शिवजीले आजकै दिन ब्रह्माण्डको रक्षाकोलागि पिएका थिए । त्यो बिष पिउदा घांटी निलो हुनपुगेकोले उनलाई उक्त दिनदेखिनै निलकन्ठ भनिन थालियो ।

Email: jagarannepalne[email protected]