Jagaran Nepal शुक्रबार, साउन २३, २०७७

काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण विश्वभर शिक्षा प्रणाली नै अवरुद्ध भएको अवस्था छ । सोही क्रममा भारतमा कोरोनाकै कारण ३३ बर्षदेखि १० कक्षाको परीक्षामा फे ल भएका एक ५१ बर्षीय व्यक्ति पहिलो पटक १० कक्षा पास गर्न सफल भएका छन् ।

भारतको हैदरावाद निवासी ५१ बर्षीय मोहमद नरुद्दीन ३३ बर्षपछि कोरोनाका कारण कक्षा १० पास गरेका छन् । तर यस पटक उनले परीक्षा दिएर पास भने गरेका होइनन । राज्य सरकारले कोरोनाका कारण कक्षा १० का सबै विद्यार्थीलाई पास गर्ने निर्णय गरेसँगै उनी परीक्षा नदिएर पास भएका हुन् ।

उनले ३३ बर्षसम्म लगातार परिक्षा दिइरहेपनि अंग्रेजीमा क म जोर भएकाले पास गर्न सकिरहेका थिएनन् । उनले सन १९८७ देखि १० कक्षाको परीक्षा दिइरहेका थिए ।
एजेन्सीको सहयोगमा