Jagaran Nepal शुक्रबार, साउन २३, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये ८ जना बेपत्ता भएका छन् ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये ८ जना संक्रमित सम्पर्कबिहिन भएर भागेका छन् ।

बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार ८ जना सम्पर्कमा आएका छन् । बाँकी ८ जनाको कुनै अत्तोपत्तो छैन् ।

स्वस्थ्यकर्मीको सम्पर्कमा नआएका उनीहरुमध्ये केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेको पाइएको छ । संक्रमितलाई सम्पर्क गर्न खोज्दा केहिको मोबाइल अफ रहेको र केहीको गलत नम्बर रहेको पत्ता लागेको महाशाखा वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले बताए ।

संक्रमितको पहिचानका लागि नम्बर ट्र्याक गर्न नेपाल टेलिकम, प्रहरीलगायतका निकायको सहयोगमा खोजिरहेका भइरहेको उनले जानकारी दिए ।

संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा नआएपछि काठमाडौं उपत्यकामा झनै कोरोनाको जोखिम बढेको छ । उनीहरु संक्रमण देखिएपछि पनि बजार र कार्यालय गइरहेको हुनसक्ने स्वास्थ्यकर्मीको अनुमान छ ।