Jagaran Nepal बिहिबार, साउन २२, २०७७

काठमाडौँ । अभिनेता अमिताभ बच्चन कोरोना भाइरससंगको ल‘डाई जितेर घर फर्किएका छन् । पछिल्लो महिना उनलाई कोरोना भाइरस संक्रमण भएको थियो त्यस पछि उनि उपचारको लागि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए।

नानावती अस्पतालमा उपचारको क्रममा अमिताभ बच्चनलाई सामाजिक संजालका ट्रोलर्स र आलोचकहरुको सामना गर्नुपरेको थियो । जसलाई अभिनेताले कडा जवाफ दिएका छन् । एक सामाजिक संजाल प्रयोगकर्ताले उनको सम्पत्तिको विषयमा गरेको कमेन्टमा उनले रिप्लाई दिएका छन् ।

बिग बी को एक सामाजिक संजाल प्रयोगकर्ताले लेखे– “तपाई गरिब मानिसलाई किन दान गर्नुहुन्न? मलाई विश्वास छ कि तपाईको खल्ती मा निकै माया र भगवानको कृपा रहेको छ । उदाहरण सेट गर्नु पर्ने । भन्न सजिलो छ तर उदाहरण बन्नु धेरै कठिन हुन्छ ।”

यस कुरा अमिताभलाई नराम्रो लाग्यो र उनले प्रयोगकर्तालाई कडा उत्तर दिएका छन् ।

अमिताभ बच्चनले रिप्लाईमा लकडाउनको समयमा हरेक दिन पाँच हजार मानिसलाई खाना खुवाएको, मुम्बईबाट बाहिर जाने आप्रवासी कामदारहरुलाई जुत्ता चप्पल दिएको, बिहार र युपी पुग्नको लागि कामदारहरुलाई बसको व्यवस्था गरेको र सन् २००९ मा त पुरै ट्रेन बुक गरिएको बताएका छन् ।

अमिताभ बच्चनले थप लेखेका छन, “जब राजनीतिको कारण ट्रेन रद्ध भएको थियो रब इन्डिगोको छ विमान जारी गरिएको थियो, जसको माध्यमबाट एक सय ८० यात्रुलाई उनीहरुको घर पठाइएको थियो । आफ्नो खर्चमा १५ सय पीपीई किट प्रदान गरिएको छ , १० हजार मास्क दिइएको छ । दिल्लीमा सिख समुदायका प्रमुखलाई धेरै नगद सहयोग दिइएको छ किनभने उनले लगातार गरिबहरुलाई खाना खुवाईरहेका छन् ।”

यस भन्दा पहिला पनि सामाजिक संजालमा एक महिलाले बिग बी माथि आ‘रोप लगाएकी थिइन् कि उनि नानावती अस्पतालको विज्ञापन गरिरहेका छन्, अस्पतालमा मानिसको ज्यानको कुनै चिन्ता नभएको बताएकी थिइन् ।

त्यसपछि उनले बिग बी को आलोचना गर्दै आफ्नो पोष्टमा लेखेकी थिइन्, ‘श्रीमान अमिताभ, साच्चिकै निकै दुःख लागिरहेको छ कि तपाई अस्पतालको विज्ञापन गरिरहनु भएको छ, जसले मानिसको जीवनको कुनै वास्ता गर्दैन र केवल पैसा कमाउन मात्र केन्द्रित छ । माफ गर्नुहोला, तपाईप्रतिको सम्मान पुरै तरिकाले हराएको छ।”

त्यस्तै अमिताभ बच्चनले महिलालाई पनि जवाफ दिएका थिए ।

एजेन्सीकाे सहयाेगमा