Jagaran Nepal बिहिबार, साउन २२, २०७७

काठमाडौं । कोरोना संक्रमित भएका बलिउड अभिनेता अभिषेक बच्चन अहिले अस्पतालमा छन् । कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि बुबा तथा अभिनेता अमिताभ बच्चनसँग अस्पताल भर्ना भएका अभिषेक अहिले मुम्बईको नानवटी अस्पतलमा उपचारमै छन् ।

केही दिनअघि अभिनेता अमिताभ बच्चन, अभिनेत्री ऐश्वर्या राय बच्चन र आराध्या बच्चनले कोरोना जितेर घर फर्किसकेका छन् तर अभिषेक भने रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमै छन् ।

उनी कोरोना संक्रमित भएर अस्पथताल भर्ना भएको आज २६ दिन पुगेको छ । उनले अस्पतालमा दिन गन्दै कोरोना निको हुने विश्वासका साथ बसिरहेका छन् ।

उनले सामाजिक सञ्जालमा अस्पतालको कोर्डको तस्बिर शेयर गर्दै स्टाटस लेखेका छन् । उनले स्टाटसमा भनेका छन् -‘ अस्पताल दिन २६, डिस्चार्ज प्लानः नो, बच्चन तिमीले सक्छौं । विश्वास गर ।’