Jagaran Nepal बिहिबार, साउन २२, २०७७

संसारकै सबैभन्दा ठुलो हिन्दु मन्दिर जो कम्बोडियामा रहेको छ । कम्बोडियाको ठुलो क्षेत्रमा फैलिएको यो मन्दिरको निर्माण सम्राट सुर्यवर्मन द्वितीयले आफ्नो शासनकालको इश्बी सम्बत १११२-५३ मा निर्माण गरेका हुन् ।

मिकांग नदिको किनारमा रहेको सिमरिप शहरमा यो मन्दिर रहेको छ । सयौ वर्ग माइलमा फैलिएको यस मन्दिर क्षेत्रमा भगवान शिव तथा विष्णु को बिशाल मन्दिरहरु रहेका छन् ।

कम्बोडियाको राष्ट्रध्वजमा समेत यस मन्दिरको प्रतिकलाई राखिएको छ ।अंकोरवाट मन्दिर मेरु पर्वतको प्रतिक समेत मान्ने गरिन्छ । वार्षिक लाखौको संख्यामा पर्यटकले यस मन्दिरको भ्रमण गर्ने गर्दछन ।विश्वकै सबैभन्दा लोकप्रिय पर्यटन स्थाल मध्य एक यस मन्दिरलाइ युनेस्कोले बिश्व सम्पदा सुचिमा राखेको छ । एजेन्सी