Jagaran Nepal बिहिबार, साउन २२, २०७७

काठमाडौं । हामी कार्यालय तथा घर बाहिर साथी भाइसँग भेटघाट गर्दा हात मिलाएर ‘ह्याण्डसेक’ गर्छौ । ‘ह्याण्डसेक’ हाम्रो मौलिक अभिवादन संस्कार भने होइन । ‘ह्याण्डसेक’ पश्चिमा संस्कृतिको सिको हो । तर पनि, यसले जब्बर संस्कृतिकै रूप लिइसकेको छ। यो संस्कृतिको उद्गमस्थल पश्चिमा मुलुकहरूमा त्यो हदसम्म हात मिलाइँदैन, जसरी ‘नमस्कार’ का सन्तति हामी ‘ह्याण्डसेक’ मा अभ्यस्त भइरहेका छौँ ।‘नमस्कार’ जति श्रुतिमधुर छ, यसले प्रवाह गर्ने सन्देश झ्नै संस्कारयुक्त छ। नमस्कार अथवा नमस्ते भारतीय उपमहाद्वीप (Indian Subcontinent) मा अभिवादन गर्ने एक प्रचलित चलन हो। यसको प्रयोग कुनै व्यक्तिसँग मिल्ने अथवा उनीसँग विदाई गर्ने समय, दुवैमा प्रयोग गरिन्छ। नमस्कार गर्ने समय व्यक्तिको पीठ आगाडि तर्फ झुकी, छातीको मध्यमा हात एक आपसमा जोडी, औंलाहरु आकाशतर्फ हुन्छन्। यो मुद्राको साथ साथै व्यक्ति ‘नमस्ते’ या ‘नमस्कार’ शब्द भन्दै अभिवादन गर्दछ। हातको यो मुद्रालाई नमस्कार मुद्रा भनिन्छ।

जापानी तरीका जस्तै बिना स्पर्श, झुकेर हात हल्लाएर, अभिवादन गर्नु, लोकप्रिय तरिका भए पनि, आध्यात्मिक दृष्टिले यो अभिवादन अन्य सबै तरिकाहरु भन्दा भिन्न छ। यो लेखका माध्यमबाट हामी यसको आध्यात्मिक अर्थ तथा हामीलाई यसको आध्यात्मिक स्तरमा मिल्ने फाइदा बुझाउन खोजेका छौ ।‘नमस्कार’ संस्कृत शब्द हो जुन संस्कृत को ‘नमः’ शब्दबाट लिएको हो, जसको अर्थ हो प्रणाम गर्नु । प्रत्येक व्यक्ति भित्र परमात्मा (ईश्वरीय तत्व) हुन्छ जसलाई हामी आत्मा भन्छौं । नमस्कार गर्ने समय एक व्यक्तिको आत्मा दोस्रो व्यक्तिको आत्मालाई अभिनन्दन अनि नमस्कार गर्दछ। ‘नमस्ते’ अनि ‘नमस्कार’ शब्द पर्याय हुँदाहुँदै पनि ती दुवै बीच एक आध्यात्मिक अन्तर भने छ। नमस्कार शब्द नमस्ते भन्दा अधिक सात्विक छ।

नमस्कार अर्थात अर्को व्यक्तिमा दैवी रूप देख्नु, यसले आध्यात्मिक शक्तिलाई बढाउछ अनि दैवी चेतना (चैतन्य) आकर्षित गर्दछ। यदि नमस्कार आध्यात्मिक भावको साथ गर्छौं भने आफ्नो सामुन्ने भएको व्यक्तिको आत्मालाई नमस्कार गरिरहेको हुन्छ जसले हामीमा कृतज्ञता अनि भक्तिको भावना जागृत गर्दछ। यो आध्यात्मिक विकासमा सहायता गर्दछ । नमस्कार गर्ने समय हामी “तपाइ म भन्दा श्रेष्ठ हुनुहुन्छ, म तपाइको अधीनस्त छु, मलाई कुनै पनि ज्ञान छैन अनि तपाई सर्वज्ञ हुनुहुन्छ” विचार राख्छौं, यसले अहंकार कम गर्न अनि विनम्रता बढाउनमा सहायक हुन्छ ।

‘ह्याण्डसेक’ गर्दा दुई व्यक्ति बीच सूक्ष्म-ऊर्जाको प्रवाहलाई सुगम बनाउछ। नमस्कार गर्दा ‘ह्याण्डसेक’ मा जस्तो शारीरिक सम्पर्क नहुने हुँदा अन्य व्यक्तिको नकारात्मक ऊर्जाले प्रभावित गर्ने क्षमता न्यूनतम हुन जान्छ। नमस्कार गर्ने दुवै व्यक्तिहरु बीचको नकारात्मक स्पन्दन कम हुन जान्छ अनि सात्विक स्पन्दनको लाभ प्राप्त हुनको कारण आध्यात्मिक फाइदा हुन्छ ।

अभिवादनले सत्व गुण बढ्दछ अनि यसले नमस्कार गर्ने दुवै व्यक्तिलाई एक अर्कालाई नकारात्मक स्पन्दनले संक्रमित गर्ने सम्भावना अझै न्यून हुन जान्छ। तर यदि कुनै व्यक्तिलाई अनिष्ट शक्तिको कष्ट छ भने उसले नमस्कार गर्दा पनि नकारात्मक स्पन्दनको प्रवाह हुन्छ। अनिष्ट शक्ति त्यस व्यक्तिको औलाहरुको माध्यमबाट अभिवादन गर्ने व्यक्ति तथा वातावरणमा नकारात्मक स्पन्दन फ्याक्न सक्छ । तर पनि शरिर छोएर हुने हात मिलाउनेको तुलनामा अनिष्ट शक्तिबाट पीडित व्यक्तिले नमस्कार गर्दा नकारात्मक स्पन्दनको प्रभाव धेरै नै सीमित हुन्छ । नमस्कार भावपूर्ण भएमा नकारात्मक स्पन्दन पूर्ण रूपले नष्ट हुन जान्छ।

बेलायतकी महारानी एलिजावेथ द्वितीया प्रजासँग पञ्जा लगाएर मात्र हात मिलाउँछिन्। त्यसको उद्देश्य फेसन नभएर हात मिलाउँदा सर्न सक्ने सूक्ष्म जीवाणुको संक्रमणबाट आफूलाई सुरक्षित राख्नु हो। कतिसम्म भने एड्स रोगले महामारीको रूप धारण गर्दै गरेको बखत सन् १९८७ मा बेलायतकी तत्कालीन युवराज्ञी डायनाले लण्डनस्थित उपचार केन्द्रमा एड्स प्रभावित व्यक्तिसँग पञ्जा विनै हात मिलाउँदा ठूलै सनसनी फैलिएको थियो ।

नमस्कार मुद्रा गर्नाले, दैवी चैतन्य बढी मात्रामा देहमा अवशोषित हुन्छ। ‘नमस्ते’ अथवा ‘नमस्कार’ शब्दमा आकाश तत्वको आह्वान हुन्छ । यी शब्दलाई हातको मुद्राको साथ गर्नाले पृथ्वीतत्वको पनि आह्वान हुन्छ। मुद्रा स्वयं पृथ्वी तत्वसँग सम्बन्धित छ, यस कारण यो सम्भव हुन सक्छ। यस प्रकार पाँच सम्पूर्ण सृष्टिको सिद्धान्तलाई अधिकारिक मात्रामा जागृत गरेर अत्याधिक आध्यात्मिक सकारात्मकता आकृष्ट हुन्छ। यस प्रकार एउटैबाट अधिक पञ्चमहाभूतको आह्वान भएर आध्यात्मिक सकारात्मकता ज्यादा मात्रामा आकृष्ट हुन्छ ।

नमस्कार (नमस्ते) बाट उत्पन्न आध्यात्मिक आवृति
सूक्ष्म ज्ञानमा आधारित माथि राखिएको चित्रमा नमस्कार गर्ने समय दुई व्यक्तिहरु बीच उत्पन्न आध्यात्मिक आवृति दर्शाउछ। यो उदाहरणमा नमस्कार गर्ने व्यक्तिको आध्यात्मिक स्तर ३०% छ, जसलाई नमस्कार गरेको छ त्यो व्यक्तिको आध्यात्मिक स्तर ५०% छ। सूक्ष्म-ज्ञानमा आधारित यो चित्र कु प्रियांका लोटलीकरले अतिसक्रिय छैटौं इन्द्रिय उपयोग गरि बनाएका हुन् ।निम्न तालिका सूक्ष्म ज्ञानमा आधारित माथिको चित्र प्रत्येक पक्षको विवरण दिइएको छ। जब एक व्यक्ति अर्को व्यक्तिलाई अभिवादनमा “म समक्ष व्यक्तिको आत्माप्रति आफ्नो श्रद्धा प्रकट गरिरहेको छु” भन्ने भावना प्रकट गरे तब ती व्यक्तिमा भावको एउटा चक्रको निर्माण हुन्छ ।

नमस्कार (नमस्ते) गर्ने समय ध्यान राख्नेुपर्ने कुरा:
नमस्कार गर्ने समय आँखा बन्द हुनुपर्छ । ईश्वर या कुनै व्यक्तिलाई नमस्कार गर्ने समय आँखा बन्द राख्नाले हामी आफ्नो अंतस्करणमा झाँक्न तथा स्वयंमा ईश्वरको स्वरुप देख्न सक्नु तथा एउटा व्यक्तिको भित्रको आत्मा (ईश्वर) माथि ध्यान केन्द्रीत गर्न सजिलो हुन्छ। नमस्कार गर्ने समय हातमा कुनै वस्तु राख्नुहुदैन। सामान्यतः नमस्कार गर्ने समय हातमा केही वस्तु राख्नाले औलाहरुका टुप्पा सीधा हुँदैन। जसको फलस्वरूप सात्विकताको प्रवाह औलाहरुको टुप्पामा हुँदैन। नमस्कार गरिरहेको व्यक्तिप्रति उत्सर्जित सात्विकता हत्केलामा राखेको वस्तुसँग ठोकेर फर्केर जान्छ। यो मात्र होइन, यदि हातमा राखेको वस्तु रज अथवा तम प्रधान छ अनि यदि नमस्कार गर्ने समय त्यसको स्पर्श मस्तक अथवा छातीसँग हुन गयो भने त्यसबाट प्रवाहित भएको रज–तम नमस्कार गरिरहेको व्यक्तिको देहमा प्रविष्ट हुन सक्छ ।

अभिवादनको सबै प्रकारहरुमा नमस्कार‘ (नमस्ते) सर्वाधिक सात्विक अभिवादनको विधि हो। यसलाई जहाँसम्म सम्भव हुन्छ व्यवहारमा ल्याउनको लागि सुझाव दिने गरेको पाइन्छ। यहाँसम्म कि, यदि कसैको नमस्कार गर्ने सांस्कृतिक प्रथा छैन भने पनि मनबाट हामी अर्को व्यक्तिलाई नकारात्मक असर गर्न सक्छ।भावपूर्ण नमस्कार (नमस्ते) गर्नको लागि नियमित रूपले साधना गर्ने बानीको बिकास गर्न आवश्यक छ। साधनाबाट नै हामीमा सात्विक भाव उत्पन्न हुन सक्छ ।hamrakura बाट