Jagaran Nepal बिहिबार, साउन २२, २०७७

काठमाडौं, २२ साउन । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित थपिएसँगै केहीलाई आइसोलेसन, भेन्टिलेटरमा भर्ना गरिएको छ ।पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्न थालेपछि संक्रमितहरु धमाधम आइसीयु र भेन्टिलेटरमा जान थालेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार हाल उपत्यकामा २४ जना संक्रमितको संक्रमणकै कारण गम्भीर अवस्थामा पुगेपछि आइसीयुमा राखेर उपचार थालिएको छ ।

मन्त्रालयको विवरण अनुसार हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेका ४५ जना संक्रमित मध्ये १४ जनाको आइसीयुमा उपचार भइरहेको छ । यस्तै बलम्बुस्थित कोभिड विरामीको उपचार गर्न छुट्याइएको सशस्त्रको अस्पतालमा हाल ११७ जना संक्रमित उपचाररत छन् ।

जसमा ११३ जना आइसोलेशनमा ३ जना आइसीयुमा र एक जना भेन्टिलेटरमा उपचाररत छन् । त्रिवि शिक्षण अस्पतालमा हाल ८ जना संक्रमित छन् जसमा एक जना आइसीयुमा र ८ जना आइसोलेसनमा छन् ।

यस्तै पाटन अस्पतालमा हाल ६४ जना संक्रमित उपचारत छन् भने जसमा ५५ जना आइसोलेसनमा ६ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार हाल उपत्यकामा कोभिडको उपचारको लागि छुट्याइएको बेडहरु लगभग भरिएको छ ।