Jagaran Nepal बिहिबार, साउन २२, २०७७

विमलालाई चोभारस्थित मन्दिरमा विजय बस्नेतले एक धर्का सिन्दुर लगाइदिएका थिए । त्यसपछि, हालसम्म सिउँदोमा सिन्दुर नलगाएको र गलामा पोते नझुन्डाएको तथा निधारमा टीका नलाएको विमलाको भनाइ छ । विमला हिन्दू संस्कारमा जन्मे पनि परम्परावादी सोचलाई बचपनवाटै अंगीकार गर्न नसकेको र नगरेको खुलासा गर्छिन् ।

विवाहिता नारी भन्दैमा सिन्दुर–पोते र गलामा तिलहरी झुन्डाएर हिँड्नै पर्दछ भन्ने हुन्न । त्यो सोचमा आधारित हुन्छ । त्यो सोचमा परम्परालाई लाद्नुहुँदैन भन्ने विचार बोकेकी अभिनेत्री विमला केसीको विवाह भएको असोज २७ गतेबाट १३ वर्ष पूरा भएर १४ वर्ष लागिसकेको छ ।

विमलालाई विवाहको दिन काठमाडौंको चोभारस्थित जलविनायक मन्दिरमा विजय बस्नेतले एक धर्का सिन्दुर लगाइदिएका थिए । त्यसपछि, हालसम्म सिउँदोमा सिन्दुर नलगाएको र गलामा पोते नझुन्डाएको तथा निधारमा टीका नलाएको विमलाको भनाइ छ । परम्परावादी पुरातन सोचभन्दा माथि रहेकी विमला हिन्दू संस्कारमा जन्मे पनि परम्परावादी सोचलाई बचपनबाटै अंगीकार गर्न नसकेको र नगरेको खुलासा गर्छिन् । यसले गर्दा पनि विवाहअगाडि र विवाहपश्चात् पनि तीजको बेला व्रत नबसेको विमलाले बताइन् ।

‘तीजमा व्रत बस्दैमा शिवजी जस्तो श्रीमान् पाउने र श्रीमान्को आयु तथा आरोग्यता बढ्ेको कुनै उदाहरण पनि त छैन । तीजमा व्र्रत नबस्ने समुदायका महिलाले राम्रो श्रीमान् नपाएको र उनीहरुका श्रीमान्का आयु तथा आरोग्यता घटेको मैले कहीं पनि पाएको छैन । त्यसको मतलब म कुनै धर्म तथा परम्पराको खिलाफमा छैन, तर आप्mनो सोचअनुरुप कार्य गर्न पाउनुपर्छ र त्यो स्वतन्त्रता मेरो परिवारमा छ’, विमला भन्छिन्– ‘दशैंमा आफूभन्दा ठूलाले टीका लगाइदिँदा लाउने गर्छु । छोराले रहर गर्ने भएकाले लाइदिने पनि गरेको छु । र टीका लाउन भनेर बाहिर कहीं कतै आफन्तकोमा जाने गरेका भने छैन ।’ विमलाका जीवनसाथी अरु कोही नभई सोही विचारका निर्देशक विजय बस्नेत हुन् । विजय र विमलाको एउटै विचार तथा मन भएकाले दुवैबीच फिल्म निर्माण–निर्देशन अनि अभिनयका क्रममा थाहै नपाईकन प्रेम भएको हो । दुवैले चुपचाप विवाह गरे ।

देश विकासका लागि उनको टिप्स छ– ‘नेता र सरकारको आस गरेर बसे वर्षौं वर्ष कुर्दा पनि पूरा हुँदैन । बरु, धूवाँ, धूलो तथा फोहर सहेर बस्न तयार हुने हामी नेपाली जनता गाउँ–ठाउँ अनि टोल वरपरका धुलाम्मे तथा हिलाम्मे सडक टालटुल गरेर पिच गर्न चुप बस्ने गर्दछौं ।

त्यसरी निच मारेर बस्नुभन्दा टोल–छिमेक, पसल तथा अफिसबाट दिनको ५० रुपियाँ मात्र उठाएर भए पनि हामीले घर–टोलको सडकको धुलाम्मे तथा हिलाम्मे सडक पिच गर्न सक्छौं । थुप्रिएको फोहोरलाई मज्जाले सफा गर्न सक्छौं । तर, त्यो गर्न हामी नेपाली जनता अत्यन्त अल्छी बनेर नेताहरुका चिल्ला कुरा र मीठा सपनामा भुलेर दिनरात धूलो तथा हिलो खाएर कुसमयमा नै रोगको शिकार बन्नुपरेको छ ।’ ३ क्रान्तिकारी फिल्म शहीद, दलाल र देवयानीकी अभिनेत्री केसी फरक सोच र बुलन्द विचारकी यथार्थवादी कलाकार हुन् । उनी देश विकासका धेरै भिजन तथा मिसन बोक्छिन् । त्यो भिजन तथा मिसनलाई धेरैपल्ट व्यवहारमा उनी आफैले लागू गर्ने कोसिस पनि गरेकी छिन् । तर, उनलाई साथ दिने नेपाली कमै मात्र भए । उही नेताको चिल्ला कुरा तथा मिठा सपनामा अल्झिने र सरकारको मुख ताक्ने पुरानै सोचले जति गर्दा पनि आफू असफल बनेको उनको भनाइ छ ।

६१ वर्षकी साहित्यकार तथा फिल्म निर्मात्री पुष्पलता आचार्य श्रीमान् बितेको २६ वर्ष भइसक्दा पनि सुहागन छिन् । ३५ वर्षको उमेरमा श्रीमान्को देहान्त भए पनि लगाइरहेको टीका तथा सिन्दुर अनि गलाको पोते नफुकालेर नेपाली समाजसँग विद्रोह गर्ने नेपाली नारी हुन् उनी । समाजका अनेक लाञ्छना तथा अवहेलना र गाली–विरोध पाउँदा पनि कुनै विचलनमा नआई निर्भीकरुपमा रातो आन्दोलनका प्रणेता भएर अगाडि बढिरहेकी उनको सिउँदो अहिले पनि रंगीन छ ।

चलचित्र सेन्सर बोर्डकी पूर्वप्रमुख सदस्यसमेत रहेकी अभिनेत्री केसी परिवर्तन आफैबाट शुरुआत नगरेसम्म कहिले पनि गाउँ–ठाउँ तथा देशको विकास नहुने तर्क राख्छिन् । परिवर्तनको शुरुआत आफैले गर्नुपर्ने तथा आफ्नो गाउँ–ठाउँ र टोल अनि समाजको विकास गर्न लाखौं लाख खर्च गरेर चुनाव जितेर आउने नेताबाट हुन नसक्ने उनको भनाइ छ । क्रान्ति विचार तथा मनबाटै हुनुपर्ने अवधारणा बोकेकी उनी हिरोसँग गीत गाउँदै नाच्ने हिरोइनको रोल आफूलाई पटक्कै गर्ने इच्छा नभएको र कथाले नै नारीलाई हिरो बनाएको फिल्ममा अभिनय गर्ने लक्ष्य रहेकाले धेरै फिल्म नखेलेको बताउँछिन् । सानै भूमिका भए पनि बलियो भूमिका भए त्यो फिल्मको हिरो त्यही हुने भएकोले आफू फिल्मको हिरो बन्न चाहेको र बलियो भूमिका खोजिरहेको पनि उनी बताउँछिन् ।

यता ६१ वर्ष उमेरकी साहित्यकार तथा फिल्म निर्मात्री पुष्पलता आचार्य श्रीमान् बितेको २६ वर्ष भइसक्दा पनि सुहागन छिन् । ३५ वर्षको उमेरमा श्रीमान्को देहान्त भए पनि लगाइरहेको टीका तथा सिन्दुर अनि गलाको पोते नफुकालेर नेपाली समाजसँग विद्रोह गर्ने नेपाली नारी हुन् पुष्पलता । जसले समाजका अनेक लाञ्छना तथा अवहेलना र गाली–विरोध पाउँदा पनि कुनै विचलनमा नआई निर्भीकरुपमा रातो आन्दोलनका प्रणेता भएर अगाडि बढिरहेकी उनको सिउँदो अहिले पनि रंगीन छ ।

‘निधारबाट कहिले पनि टीका खसेको छैन । गलाबाट पोते झरेको छैन । श्रीमान्ले विवाहमा दिएको चिनोलाई समाजले खोस्न खोज्यो भन्दैमा कुनै पनि श्रीमान् नभएका नारीले खोस्न दिन हुँदैन’ भन्ने बलियो सोचमा रहेकी यिनै नारी हस्ताक्षर पुष्पलता आचार्यले यो वर्ष लगातार १५ दिन बुलेट यात्रा गरेर नेपाल फर्केकी छन् । लगभग ४ हजार ५ सय किलोमिटरको दूरी पार गरेर नेपालको झण्डा फर्फराउँदै काठमाडौं हुँदै भारतको राजधानी नयाँदिल्ली, आगरा, अयोध्या पुगेर नेपाल फर्केकी हुन् । प्रारम्भमा ५ दिन छोराहरुको अगुवाइमा आगरा–दिल्ली पुगेकी अपुष्पलता त्यसपछि भने एक्लै अयोध्या हुँदै नेपाल फर्केकी हुन् ।

हालसम्म नेपाली साहित्यमा विभिन्न विश्वप्रसिद्ध ६३ वटा कृति दिइसकेकी र २ नेपाली फिल्म निर्माण गरिसकेकी अग्रज साहित्यकार तथा फिल्म निर्मात्री आचार्यले नसक्ने कुरा नै हुँदैन भन्ने उदाहरण पेस गर्न यसप्रकारको साहसिक कार्य गरेको बताएकी छिन् । १५ दिनमा ४ हजार ५ सय किलोमिटरको दौडानमा आफूलाई केही प्रकारको समस्या नभएको र यात्राका क्रममा सबैले सहयोग गरेको जनाउँदै भारतमा त आफूलाई बुलेट अम्माको उपाधि पनि दिइएको खुलाइन् । बुलेट अम्मा अर्थात् बुलेट आमा पुष्पलताको नयाँ नाम नयाँ आयाम बनेको छ । बुलेटकै माध्यमबाट विश्व भ्रमण गर्ने पुष्पलताको सोच छ । समयले साथ दिए त्यो पनि पूरा गर्ने अभियानमा पुष्पलता रहेकी छन् । आप्mनो ज्यानभन्दा ठूलो वजनदार बुलेट बाइक चलाएर आम नेपाली महिलालाई चाहना र सोच राखेपछि चढ्न सकिन्छ भन्ने उदाहरण पेस गर्ने कार्य उनले गरेकी छिन् ।

आफूलाई सानोतिनो कुरा गर्न र चढ्न इच्छा नहुने तथा काम कुरो गर्न र चढ्न ठूलै चढ्नु पर्दछ भन्ने सानैदेखिको चाहना र इच्छाले नै बुलेट राइडर बनेको र यतिखेर बुलेट आमा बन्न सफल भएको उनले बताइन् । २०५४ सालमा आरएक्स मोटरसाइकल चढ्न सिके पनि त्यसपछि मोटरसाइकलभन्दा स्कारपियो पजेरो हाँक्दै काठमाडौंबाट १७ जिल्लाभन्दा बढी स्थानमा अनवरत आवत–जावत गर्ने पुष्पलताले बुलेट बाइक चढ्न जानेको केही समयमात्र भएको छ । उनले बुलेट बाइक काठमाडौंको गल्ली तथा सडकमा नसिकी काठमाडौंबाट लमजुङ जाने क्रममा बाइरोडमा नै सिकेकी हुन् । बाइरोडमा नै मज्जाले बुलेट चढ्न सिकेको केही महिनामा नै काठमाडौंबाट भारतसम्म बुलेट बाइकबाटै साहसिक यात्रा पूरा गरेर फर्केकी हुन् ।-कामनामासिकबाट