Jagaran Nepal बिहिबार, साउन २२, २०७७

काठमाडौँ । बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ । बन्दाबन्दी खुलेपश्चात् काठमाडौं उपत्यकामा सङ्क्रमित दर झनै बढेको छ । बुधबार मात्र काठमाडौँं उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६२ सहित देशभर ३८१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

काठमाडौँ उपत्यकामा अझ ख,त,रा

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँका ५७ जना र ललितपुरका पाँच जना गरी कुल ६२ जनामा सङ्क्रमण भएको जानकारी दिए । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा काठमाडौंँका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका १४ जना र ललितपुरका एक जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका दुई र ललितपुरका दुई जनामा कोरोना पुष्टि भएको जानकारी उनले दिए ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौँका एक, स्टार अस्पतालमा काठमाडौँका एक र ललितपुरका दुई, नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ११ र डीआईडीएल प्रयोगशालामा काठमाडौँका एक जनामा कोरोना देखिएको हो ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा छ हजार ३५९ को पीसीआरबाट गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

उपत्यकामा नयाँ रेकर्ड

काठमाडौं उपत्यकामा दिनानुदिन कोरोनाभाइरसका संक्रमित बढ्दै गइरहेका छन् । यस्तै बुधबार साँझसम्म काठमाडौं उपत्यकामा १०२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एकैदिन यति धेरै कोरोना संक्रमित देखिएको पहिलोपटक हो ।

कोरोना संक्रमित भएका मध्य धेरै जना उपत्यका बाहिरबाट आएकाहरू रहेको बताइएको छ । एकै पटक धेरै कोरोना संक्रमितको संख्या बढेपछि अस्पतालमा शैय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४ जनालाई घरमा नै राख्नु परेको बताइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १०२ जनामध्ये १६ जना सम्पर्क विहिन रहेको पनि जनाइएको छ । ‘उनीहरुमध्ये केहीको फोन उठेन, केहीको उल्लेखित नम्बर नै मिलेको छैन भने कति जनाको मोबाइल नै अफ छ,’उनले भने। त्यसबाहेक ३६ जना संत्रमितको ट्राभल हिष्ट्री छ भने ३२ जना संक्रमितमा कोरोनाको कुनै न कुनै लक्षण देखिएको छ।५६ जना संक्रमितलाई अस्पतालमा भर्ना गरिएको र २० जना संक्रमित होम आइसोलेसनमा बसेको कोइरालाले जानकारी दिए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार अस्पतालमा कतै पनि बेड खाली नभएपछि घरमै बस्न चाहने लक्षण नभएकालाई अनुमति दिइएको छ । उपत्यकामा संक्रमितको संख्या बढेपछि संक्रमितको व्यवस्थापनमा भने चुनौति थपिएको छ।

संक्रमितमध्ये अधिकांश प्रदेश नम्बर २ का जिल्लाहरु र भारतबाट आएका मानिस छन्। त्यसबाहेक उपत्यका विभिन्न अस्पतालमा उपचारका लाग आएका, अस्पतालका स्वास्थ्यकर्मी, सरसफाईकर्मीलाई समेत कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा संक्रमितको संख्या बढेपछि संक्रमितको व्यवस्थापनमा भने चुनौति थपिएको छ। कोरोना संक्रमितको व्यवस्थापनका खटिएका कर्मचारीलाई अबेर रातीसम्म संक्रमितलाई कुन अस्पतालमा लगेर व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ।

उपत्यकामा संक्रमित अस्पताल पुर्‍याउनका लागि एम्बुलेन्सको संख्या समेत निकै कम छ। उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंका लागि जम्मा ३ वटा मात्र एम्बुलेन्स व्यवस्था भएकाले समयमा सबैलाई सम्पर्क गरी अस्पताल लैजान नसकिने स्वास्थ्यकर्मीले गुनासो गरेस्वास्थ्यकर्मीले केही समय उपत्यकामा लकडाउन गर्नुपर्ने र नाकाबाट उपत्यका प्रवेश निधेष गर्नुपर्ने धारणा समेत राखेका छन्।