Jagaran Nepal बिहिबार, साउन २२, २०७७

काठमाडौँ । सरकारले आज बिहीबारदेखि लागू हुने गरी लकडाउनको नयाँ मोडालिटी लागू गरेको छ । आजदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको ब,ढ्दो सं,क्र,म,ण,लाई लक्षित गरेर सरकारले यस्तो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए । अत्यावश्यक सेवामा भने यो निर्णय लागू नहुने उनले बताए ।

यस्तै सरकारले बिहिबार निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २ सय जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ ।

कोरोना सं,क्र,मि,त,को संख्या बढ्दै गएर समुदायस्तरमै महामारी बढ्ने जोखिम बढेपछि सरकारले आजदेखि सवारीसाधनमा पुनः जोरबिजोर प्रणाली लागू गरेको थियो । गृह मन्त्रालयले हिजो एक सूचना निकालेर जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने जनाएको छ। सवारीसाधनमा लगाइएको जोरबिजोरको नियम काठमाडौं उपत्यका र २०० बढी सक्रिय कोरोना संक्रमित भएको जिल्लामा लागू हुनेछ।

कोरोना भाइरस सं,क्र,म,ण रो,क,था,म, उपचार र नियन्त्रणका लागि ११ चैतदेखि लागू गरिएको लकडाउन सं,क्र,म,ण दर घ,टे,को ठहरसहित ७ साउनबाट हटाइएको थियो।। त्योसँगै छोटो दूरीका सार्वजनिक सवारी, होटल–व्यवसाय खुलाइएका थिए। तर, सार्वजनिक स्थलहरूमा पुनः भीड बढ्न थालेको र सर्वसाधारणले कोभिड–१९ को जोखिमलाई बेवास्ता गरेकोले समुदायस्तरमै संक्रमण फैलिनसक्ने भन्दै पुनः लकडाउन गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। लकडाउन खुलेयता दिनहुँ संक्रमित थपिएसँगै सरकारले कोभिड–१९ विरुद्ध नयाँ योजनाहरू अघि सार्न गृहकार्य थालेको छ।