Jagaran Nepal बुधबार, साउन २१, २०७७

संसारमा निकै रोचक र आश्चर्यजनक घट्नाहरु घट्ने गर्दछन् । यस्तै रुसको भ्लादिमिर सहरमा एक रोचक घटना लामो समयदेखि चर्चामा छ । इभान सुखोव नाम गरेका एक पुरुष जसको ३ वटा श्रीमती छन् तर जहाँको कानुनअनुसार एक बाहेक धेरै विवाह गर्न पाईदैन तर यदि आपसी समझदारी भयो भने राख्न पाइन्छ ।

इभानको सपना एकदम अचम्म खालको थियो उनी चाहन्थे कि उनको धेरै पार्टनरहरु होस् र उनको ५० छोराछोरीको जन्म होस् । जसको लागि उनले ३ वटा श्रीमती विवाह गरे ।

इभानकाे पनि आफ्नै छुट्टै बेडरुम छ र हरेक दिन उनी निर्णय गर्छन् कि आज कुन पत्नीले आफुसंग रात बिताउने

तर आश्चर्यजनक लाग्ने कुरा के छ भने इभानलाई यदि कुनै श्रीमती संग रिस उठ्यो भने ती श्रीमतीसँग एक महिनासम्म शारीरिक-सम्बन्ध राख्दैन र ती श्रीमतीलाई आफ्नो बेडबाट पनि टाढा राख्छन् ।

इभानकाे पहिलो श्रीमतीले पहिले यस्तो कुराको विरोध गरेकी थिइन तर पछि इभानलाई यसो गर्न अनुमति दिईन । इभानको ३ श्रीमती छुट्टा – छुट्टै फ्ल्याटमा बस्छन् । र इभानकाे पनि आफ्नै छुट्टै बेडरुम छ र हरेक दिन उनी निर्णय गर्छन् कि आज कुन पत्नीले आफुसंग रात बिताउनेछिन्।

अहिले इभानको ९ छोराछोरि छन् । इभान र उनका तीन श्रीमती सबैको जागिर छ र उनीहरूको आम्दानी रामो हुनाले सबै जना खुसी छन् ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।