Jagaran Nepal बुधबार, साउन २१, २०७७

२१ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीले बुझाएको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ । वार्षिक परीक्षा विद्यालय नै लिने भएपछि परीक्षार्थीले बुझाएका ६०० रुपैयाँमध्ये ४०० रुपैँया बोर्डले फिर्ता गर्ने भएको हो ।

परीक्षा सञ्चालन तयारीमा भएको खर्चबापत प्रति विद्यार्थी रु. २०० कट्टा हुने र फिर्ता रकम कक्षा १२ को परीक्षा शुल्कमा मिलान गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिमा कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।