Jagaran Nepal बुधबार, साउन २१, २०७७

काठमाडौं । विहारको प्रहरीले अनुसन्धान थालेपछि बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका भनिने रिया चक्रवर्ती फ’रार भएको भारतीय मिडियाले जनाएका छन् । सुशान्तको निधनको घटनालाई लिएर विहार प्रहरीले अनुसन्धान थालेको हो । सुशान्तका वुवाले रिया विरुद्ध उजुरी दिएपछि सुरु भएको अनुसन्धानका क्रममा रिया फ’रार भएकी हुन् । उनलाई देह त्याग गर्न बाध्य पारिएको आरोप लगाइएको छ ।

विहार प्रहरीले रिया फ’रार भएको जनाएको भन्दै भारतीय सञ्चार माध्यममा समाचार आएका छन् । बिहार प्रहरीले रिया चक्रवर्ती अनुसन्धानको दायरामा नआएको साथै उनी मुम्बई प्रहरीको सम्पर्कमा रहेको विषयमा आफूहरुलाई थाहा नभएको बताएका छन्।

साथै सुशान्तको देह त्यागको विषयमा अनुसन्धान गर्न बिहारबाट मुम्बई गएका प्रहरी अधिकारीलाई क्वारेन्टिनबाट निकाल्न पनि बिहार प्रहरीले आग्रह गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। सो घटनाको अनुसन्धानका लागि मुम्बई पुगेको विहार प्रहरी अधिकारीहरुलाई ज’बर’जस्ती क्वारेन्टिनमा राखिएको छ । विहार प्रहरीले मुम्बइमा पुगेर अनुसन्धान गर्न नमिल्ने भन्दै विवाद उठाइएको छ ।

सुशान्तको देह त्याग पछि उनको पिता के।के सिंहले सुशान्तका प्रेमिका रिया चक्रवर्तीमाथि पटनामा उजुरी हालेका छन्। त्यस कारण बिहार प्रहरीको नेतृत्व गर्दै आइपीएस विनय तिवारी गत आइतबार मुम्बई पुगेका थिए। उनलाई मुम्बई प्रहरीले पक्राउ गरी क्वारेन्टिनमा राखिदिएको छ ।

रियाका कारण सुशान्तले देह त्याग गर्नुपरेको के।के सिंहको भनाइ छ। मुम्बई प्रहरीले सुशान्त सिंह राजपुतको निधनको कारणबारे अनुसन्धान गर्न असहयोग गरेको अरोप लाग्ने गरेको छ।

यसबीचमा सुशान्तको गृहनगर बिहारकै प्रहरी मुम्बई पुगेका हुन्। बिहार प्रहरीले भनेको छ,‘रिया चक्रवर्ती हामीसँग सम्पर्कमा छैनन्। उनी फ’रार छन्, उनी बाहिर आएकी छैनन्। उनी मुम्बई प्रहरीको सम्पर्कमा भएको विषयमा हामीलाई केही जानकारी छैन।’

यसैबीच बिहार सरकारको सिफारिसलाई स्वीकार गर्दै केन्द्र सरकारले सुशान्त सिंहको आ त्म ह त्याको विषयमा अनुसन्धान गर्न सीबीआईलाई स्वीकृति दिएको छ। हिन्दुस्तान टाइम्स