Jagaran Nepal बुधबार, साउन २१, २०७७

काठमाडौं – बलिउड अभिनेत्री काजोलको आज जन्मदिन परेको छ । ५ अगस्ट अर्थात आज उनले आफ्नो ४६ औं जन्मदिन मनाउदैछिन् । उनको जन्मदिनमा बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ । उनका श्रीमान् तथा अभिनेता अजय देवगनले पनि सामाजिक सञ्जालमा तस्विर शेर गर्दै जन्मदिनको शुभकामना दिएका छन् । सानैदेखी अभिनय गर्न रुचाउने काजोलले १६ बर्षको उमेर देखी नै फिल्ममा खेल्न शुरु गरेकी थिइन् । उनले फिल्म ‘बेखुदी’ बाट बलिउडमा प्रबेश गरेकी हुन् ।

पछिल्लो समय फिल्ममा खासै नदेखिए पनि उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । फिल्म खेल्ने क्रममा काजोल र शाहरुख खानको जोडी धेरैले रुचाएका थिए । तर पछि काजोलले अजयसँग विवाह गरिन् ।

अजय र काजोलको रोचक ‘लव स्टोरी’: घरमै गरेका थिए लुकीछिपी विवाह

बलिउड अभिनेता अजय देवगन र उनकी पत्नी काजोलको ‘लव स्टोरी’ निकै रोचक छ । उनीहरु वैवाहिक जीवनमा बाधिँएका १९ वर्ष पूरा भएको छ । १९ वर्षे वैवाहिक जीवनकालमा काजोल र अजयले जीवनमा थुप्रै फिल्ममा काम गरे र दर्शकको दिल र दिमागमा रहेका छन् । यसैबीच, अगस्ट ५ मा जन्मदिन मनाइरहेकी काजोलको अजयसँगको प्रेम निकै रोचक छ ।

विवाहपछिका दिनहरुमा वैवाहिक सम्बन्ध बन्दै र बिग्रदै गर्ने बलिउडको दुनियाँमा उनीहरुको जोडी एक उदाहरणको रुपमा लिइन्छ । विवाहको सुरुका दिनहरुमा अजय बलिउडका भर्खर भर्खर पाइला सार्दै थिए भने काजोल उचाईमा पुगिकेकी थिइन् ।
भारतीय मिडियालाई दिएको अन्तर्वातामा काजोलले किन अजय देवगनसँग विवाह गर्ने निर्णय लिएकी थिइन् भनेर खुलासा गरेकी थिइन् ।

कंगनासँगको अफयेरका कारण धरापमा परेको थियो अजय र काजोलको सम्बन्ध

छोटोछोटो समयमा छिटोछिटो प्रेमसम्बन्ध भत्किरहने वर्तमान समयमा अजय देवगन र काजोलको प्रेमपूर्ण यात्राले दुई दशक काटिसेकेको छ । उनीहरूलाई बलिउडको आदर्श जोडीका रूपमा लिइन्छ। उनीहरूबिचको प्रेम पहिलो नजरको प्रेम थिएन। पहिलो पटक भेट्दा उनीहरूको मन अन्त कतै जोडिएको थियो। समयले उनीहरूको प्रेम छुटायो र उनीहरू नजिक बने। उनीहरूहरू बिच पहिले भेट सन् १९९५ मा ‘हलचल’ सिनेमाको सेटमा भएको थियो। त्यो भेट खासै फलदायी भएन। उनीहरूले साथमा काम गरे।

त्यतिबेला उनीहरूबिच एकअर्कालाई जोड्ने तार दुबैले भेटेनन्। दुबैको स्वभाव फरक(फरक थियो। दुबैको स्वभाव हेर्दा कुनै दिन यी दुबै प्रेममा हुनेछन् र बिबाह पनि गर्नेछन् भनेर कसैले सोचेका थिएनन्। अरूको त कुरै छोडौं स्वयं अजय र काजोलले पनि सोचेका थिएनन्।

कारण काजोल ‘हा हो गर्ने, घमण्डी र एकदमै बोलीरहने व्यक्ति’ थिइन्। काजोलको यो बानीले अजयलाई काजोल फेरी भेटनुपर्ने मान्छे जस्तो लागेन। अजयका बारेमा काजोलको सोचाइ पनि करिबकरिब त्यस्तै थियो। काजोलको नजरमा अजय ‘अर्कै र गवाँर’ किसिमका थिए। अजयमा उनले कुनै त्यस्तो आकर्षण भेटिनन्। त्यतिबेला त्यस्तो मरिहत्ते गर्ने कुनै कारण नभेटे पनि काजोललाई सिनेमाको एक दृश्य गर्दा भने अजयले कुनै दिन उनको जीवनमा महत्वपूर्ण भूमिका निभाउनेछन् भन्नेचाँहि हल्का महशुस गरेकी थिइन्। तर तपाईलाई थाहा छ यो आदर्श जोडीको सम्बन्ध टु-ट्ने अवस्थामा पुगेको थियो ।

कारण थिइन् कंगना रनावत ।

कंगना र अजय एउटा फिल्मको सुटिङको समयमा नजिक भएका थिए । पछि उनीहरु प्रेम सम्बन्धमा रहेको हल्ला चल्न थाल्यो । कंगनाले बिहेको लागि प्रे-शर दिन थालिन् । अजयले घरमा समय दिन छाडे उनीहरुको बीचमा झग-डा शुरु भयो । अन्त्यमा काजोलले २ बच्चा लिएर घर छाडेर जाने ध-म्की दिइन् र अजय बिस्तारै कंगनाबाट टाढा भए ।