Jagaran Nepal बुधबार, साउन २१, २०७७

काठमाडौं/एजेन्सी । अष्ट्रेलियाका बन्यजन्तु अधिकारीले केही दिन अघि फेला परेको तीन आँखे सर्पको तस्वीर सार्वजनिक गरेका छन् । ‘नोर्दन टेरिटोरी पार्क एन्ड वाइल्डलाइफ सर्भिस’ले इन्टरनेटमार्फत सार्वजनिक गरेको तीन आँखे सर्पलाई अद्भूत मानिएको छ ।
उत्तरी अस्ट्रेलियाको राजमार्गमा भेटिएको मोन्टी पाइथन नाम दिइएको यो तीन आँखे सर्प अजिङ्गर प्रजातिको हो । तर, भेटिएको केही सातामै सर्प मरेको थियो ।

विज्ञले सर्पको टाउकोमा रहेको अतिरिक्त आँखा आनुवांशिक संरचनामा भएको परिवर्तनका कारण बनेको हुन सक्ने औंल्याएका छन् पन्ध्र इन्च लामो सर्पलाई अनौठो टाउकोका कारण खान समस्या परेको बताइएको थियो । सर्पको एक्सरे गर्दा दुईटा टाउको भने नजोडिएको देखिएको थियो । एउटै टाउकोमा रहेका तीन वटै आँखा देख्न सक्ने थियो ।

यो अर्को जान्कारि
कैलाश पर्वमा सधै ॐकार र डमरुको आवाज गुन्जिरहन्छ…!
कैलाश पर्वतका नाम जोकोहीले सुनेकै हुनुपर्छ । शिव पुराण,मत्स्य पुरणा,स्कन्द पुराण अथाव भगवान शिवको महिमा वाचन गर्दा‘कैलाश पर्वतको’नाम र महिमाको जताततै चर्चा हुन्छ । देवताका पनि देवता आरध्य देव महादेव र माता पार्वतीको वासस्थान रहेको पवित्र पर्वत नै कैलाश पर्वत हो । पौराणिक ब्याख्या अनुसार यस पर्वतका चार मुखहरु स्पटिक,रुबी,निलम,र स्वर्ण श्रृंगारको प्रतिकको रुपमा अनेकौं रत्नले सुस्वभित मुद्रामा रहेको छ । हेमश्रीङ्ग,वैद्युत,ककुन्दमान र वरुण,श्रिङ्गवान र हिरण्याश्रिङ्ग जस्ता छ वटा दिब्य पर्वतहरुको बिचमा अवीस्थत यस पर्वतकोलाई कमलको फूलको प्रतिकको रुपमा पनि लिइन्छ ।

स्वयं भगवान शिवलाई नै कैलाशको नामले पुकारिन्छ । यो हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल पनि हो । कैलाश पर्वत एक रहस्यमयी पर्वत हो । जहाँ धेरै रहस्यहरु रहेका छन् । मानसरोवर स्थित कैलाश पर्वतमा साक्षात भगवान शिव विराजमान छन् भन्ने विश्वास समेत गरिन्छ । हिन्दू धर्मावलम्वीहरुले जीवनमा एकपटक कैलाश मानसरोवरमा जानैपर्ने मान्यता पनि राख्दछन् ।कैलाश पर्वत समुद्री सतहदेखि २२ हजार ६८ फिट उचाईमा पर्छ । हिमालयको उत्तरी क्षेत्र स्थित तिब्बतमा रहेको छ यो हिमाल निकै मनोरम पनि छ । प्राचीन कालदेखि नै विभिन्न धर्मको लागि यसको विशेष महत्व रहेको छ । यस स्थानको बारेमा लेखिएका विभिन्न मत तथा लोक कथाहरुको कारण पनि यसको महत्व अझ बढी छ । पौराणिक मान्यता अनुसार यस पर्वतमा केही रहस्यहरु यहाँ उल्लेख गरिएको छ-

चार धर्मको तीर्थस्थल
कैलाश मानसरोवर तिब्बती बौद्ध धर्म,अरु सबै देशले मान्ने बौद्ध धर्म,जैन धर्म र हिन्दू धर्मको महत्वपूर्ण तीर्थस्थल हो । तिब्बतीहरुको मान्यता रहेकोे छ कि यहाँ धेरै वर्ष पहिले एक सन्त कविले त्यहाँ गुफामा बसेर तपस्या गरेको थिए । बौद्ध भगवान बुद्ध तथा मणि पद्माको निवास मान्दछन् । जैनहरुको मान्यता आदिनाथ ऋषभदेव यो निर्माणस्थल अष्टपद मान्दछन् । उनीहरुको आनुसार ऋषभदेवले आठ पाइलामा कैलाशको यात्रा गरेका थिए। कैलाश क्षेत्रलाई स्वयम्भू समेत मान्दछन् ।

नदीहरुको उद्गमस्थल
नेपालको कर्णाली नदीको उद्गम स्थल पनि हो– कैलाश पर्वत । कैलाश पर्वतको चार दिशाबाट चारवटा नदीहरुको सुरुवात भएको छ । ती नदीहरुमा ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली । यही नदीहरुबाट नै गंगा,सरस्वती सहित चीनका अरु नदीहरु पनि यही पर्वतबाट शुरु हुन्छन् कैलाशको चारै दिशामा विभिन्न जनावरहरुको मुख जस्तो आकृति देखिन्छ। पूर्वमा अश्वमुख(घोडाको मुखजस्तो)रहेको छ । पश्चिममा हात्तीको,उत्तरमा सिंहको र दक्षिणमा याकको आकृति देखिन्छ ।यस स्थानमा सिर्फ योगी र ध्यानीहरुले मात्रै बसोबास गर्न सक्दछन् । जसलाई यस्तो वातावरणमा बस्ने आदत बसिसकेको छ । यहाँ चारैतर्फ कल्पना पनि नगरिएका पर्वतहरु रहेका छन् । अधिकांश पहाडको उचाई ३५०० मिटर भन्दा माथिका धेरै हिमालहरु त्यहाँ रहेका छन् ।

डमरु र ॐ को आवज
कैलाश पर्वत या मानसरोवर तलाउ क्षेत्रमा निरन्तर एक आवाज सुनिन्छ । ध्यानमग्न तथा एकाग्र चित्तले सुन्ने हो भने यहाँ डमरू र ॐ को आवाज सुनिन्छ । वैज्ञानिकहरुका अनुसार यो आवाज हिउ पग्लिएर आएको मान्दछन् । यस्तो पनि मान्यता राखिन्छ कि प्रकाश र ध्वनिकाे समागमबाट यहाँ‘ॐ’कारको ध्वनि सुनिएको हुनसक्छ ।