Jagaran Nepal सोमबार, साउन १९, २०७७

काठमाडौँ । लकडाउन खोलेपछि नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्ने क्रममा रहेकाले तत्काल विद्यालय सञ्चालन गर्ने अवस्था नरहेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।

नेपालमा कोरोना संक्रमित देखिन थालेपछि मुलकभरका तीन हजारभन्दा बढी विद्यालयलाई क्वारेन्टाइनमा बद्लिएकाले विद्यार्थीको मनोवैज्ञानिक समस्यादेखा पर्न थालेकाले अझै दुई महिना विद्यालय सञ्चालन गर्न नसकिने उनले बताए ।

उनले भने, ‘स्कुल खोल्ने अन्तरिम योजना (कन्टेन्जेन्सी प्लान) हामी बनाइराखेका छौं। प्लान ‘ए’, प्लान ‘बी’, प्लान ‘सी’। दशैं अगाडि हाम्रो करीब ५०र६० दिन चाहिं संक्रमण बढी हुने भएकाले यो बीचमा खोल्न सक्दैनौं।

मन्त्रिपरिषद्ले अन्तिममा खोल्ने सूचीमा स्कुल कलेजहरू, मठमन्दिर, धार्मिक संस्था, पार्टी प्यालेस, सिनेमा हल राखेको छ। त्यसलाई हेरेर हामीले प्लान तयार गरेका छौं। अझै संक्रमण बढेर गयो भनेदेखि प्लान ‘बी’मा जानुपर्ने हुन सक्दछ।’

अब अहिले स्कुलहरू कसैले पनि स्कुल खोल्ने आफैं निर्णय गर्न पाउँदैनन्। कतिपय सञ्चारमाध्यमबाट १ गतेदेखि स्कुल खोल्दैछन् भन्ने सुनेँ, त्यो कुरा होइन। अहिले स्कुल खोल्ने अनुमति दिइएको छैन। असार १ गतेदेखि हामीले सिकाइलाई निरन्तरता दिने अभियान सञ्चालन गर्नेछौं। उनले भने ।

सुरुको दिनमा २२० दिन स्कुल चलाउने, १९२ दिन पढाउने जुन मान्यता थियो । अब त्यसलाई परिवर्तन गरेर अगाडी बढ्ने मन्त्री पोखरेलले बताए ।

बिदा कटौती गरेर छुट्टिहरू कटौती कटौती गरी अतिरिक्त कक्षाहरू सञ्चालन गरेर पाठ्यक्रमले भनेको न्यूनतम सिकाइ के हो भन्ने कुराको खोजी गरी तीनै तहका सरकारहरू मिलेर संयोजनात्मक ढंगले अगाडी बढ्ने बताएका छन् ।