Jagaran Nepal सोमबार, साउन १९, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्ने डा.प्रेम ज्ञवालीले कोरोना भाइरस समुदायस्तरमै फैलिसकेको भन्दै यदि समयमै उचित निर्णय नलिइएमा मुलुकले भ’यावह अवस्था भोग्नु पर्ने बताएका छन्।

उनले सरकारले ७७ जिल्लामा २१ दिनसम्म क’र्फ्युसहितको लकडाउन गरी भारतीय सीमा पूर्णरुपमा बन्द गर्न आग्रह गर्दै यस्तो गर्न नसकेमा कोरोनाबाट मु’त्यु हुनेहरुको ला’स उठाएर नभ्याउने बताएका छन् । यो विषम परिस्थितीको अवस्थामा व्यक्ति र मानव अधिकार भन्ने कुरा हुदैन र नेपालीलाई लकडाउनले पनि काम नगर्ने उनले बताएका छन्।

नेपालमा कोरोना भाइरस पछिल्लो दुई सातादेखि निरन्तर रुपमा दिनप्रतिदिन बढ्दै गएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते देखि साउन ७ गतेसम्म १२० दिन लामो लकडाउन गरेको थियो । तर सरकारले लकडाउनलाई दुई साता अगाडिबाट अन्त्य गरेको छ । लकडाउन अन्त्य भएसँगै उपत्यका लगायत देशभर मानिसहरुको जनजीवन सामान्य अवस्थाको जस्तै बन्दै गएको छ । उपत्यकाका विभिन्न बजार क्षेत्रमा मानिसहरुको भिडभाड अत्यधिक रुपमा बढ्दै गएको छ । सरकारले आर्थिक गतिविधि चलायनमान बनाउनका लागि व्यापार व्यवसाय सञ्चालन भएका छन् भने सार्वजनिक यातायात समेत अन्तरजिल्ला भित्र सञ्चालनमा आएका छन्।

यसरी सबै क्षेत्र सञ्चालन भए पश्चात कोरोना भाइरस पनि बढ्दै गएको छ । नेपालीहरुले सरकारले बनाएका मापदण्ड कुनै पनि नमानेका कारण पनि थप जोखिम बढ्को डा.प्रेम ज्ञवालीले बताएका छन् । उनले सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भीर नहुनुको कारण अहिले नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमणको प्रकोप बढेको पनि बताएका छन् । उनले पछिल्लो समय नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालमा कोरोना संक्रमण भयावह भइरहेको अवस्थामा सिमाना शिल नगर्नु नै नेपालमा कोरोना भित्रिनुको मूख्य कारण बताए।