धनगढी: करिब डेढ महिना अघि पर्वतको सडकमा डोर्याएर हिडिरहेको चितुवा सम्झिनुभएको छ ? हो त्यहि चितुवा अहिले तन्दरुस्त भएको छ। गत असार दोस्रो साता प्रहरीले दाम्लोमा बाँधेर चितुवा डोहो¥याएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। चितुवाको वरपर फोटो र भिडियो खिच्नेको भिड नै लागेको थियो।
पर्वत, लामागरास्थित सामुदायिक वनमा घाँस काट्न गएका स्थानीयले असार ८ गते साँझ चितुवा देखेका थिए। गाउँलेले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेपछि मिलनचोक चौकीबाट गएका प्रहरीले चितुवालाई लामागराबाट बाख्राजस्तै डोर्याएर हिँडाउँदै चौकी पुर्याएका थिए।
वन कार्यालय लगेपछि चितुवाको उपचार भयो। सञ्चो नभएकै कारण आक्रमक व्यवहार नदेखाएको चितुवा डेढ महिनापछि ठीक भएको छ। सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण केन्द्र, चितवनमा उपचारपछि चितुवा तन्दुरुस्त भएकोे हो। साउन १८ गते उक्त चितुवालाई सौराहा निकुञ्ज छेउको जंगलमा छाडेको जनाइएको छ।
करीब डेढ महिना अगाडि पर्वतको सडकमा डोर्याएर हिडिरहेको चितुवा संझनुभएको छ?
त्यही चितुवा डिभिजन वन कार्यालय पर्वतको सहयोगमा @NTNCBCC सौराहामा ल्याई चि.रा.नि. र यस केन्द्रका भेटेरीनरी टिम/वन्यजन्तु प्राविधिकहरुको उपचार र स्याहार पश्चात तन्दुरुस्त भएपछि आजै निकुञ्जछेउ जँगलमा छाडियो। pic.twitter.com/Ql8LJfLznA— NTNC – Biodiversity Conservation Center (@NTNCBCC) August 2, 2020