Jagaran Nepal सोमबार, साउन १९, २०७७

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार छापावाल सुन तोलामा ३०० रुपैयाँ बढेर ९९ हजार ६०० रुपैयाँमा कारोबार भएकोमा आज (सोमबार) पनि ९९ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, जुन भाउ हालसम्मकै उच्च भाउ हो ।

त्यस्तै आज तेजाबी सुन ९९ हजार १६० रुपैयाँमा कारोबार भैरहेको छ । महासंघका अनुसार सुनको भाउसँगै चादीको भाउ पनि स्थिर रहेको छ । चाँदी आज तोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।