Jagaran Nepal आइतबार, साउन १८, २०७७

(नैनही) महोत्तरी : पाउदेखि कम्मरसम्म घाउ नै घाउ छ। घाउ पिलिएर सहिसक्नु छैन। उपचार गर्न मन छ तर खर्च छैन। यस्तै पीडाले छटपटाइरहेकी छन्, १६ वर्षीया मञ्जुकुमारी ठाकुर। लाउँलाउँ, खाउँखाउँ भन्ने उमेरमा मञ्जु तीन वर्षदेखि ओछ्यानमै थला परेर बसेकी छन्।

उनी कसरी यो हालतमा पुगिन् त ? घटना तीन वर्षअघिको हो। जलेश्वर नगरपालिका-१२ नैनहीकी मञ्जु १३ वर्षकी थिइन्। उनी मामाघर गइन्। दीपावलीको उल्लास थियो। घर लिप्ने माटो लिन मामासँगै बाहिर गएकी थिइन्। माटो खन्दाखन्दै ढिस्को खस्यो। कम्मरमुनिको भाग तल पर्‍यो, ढिस्कोमाथि। मामासहितले मञ्जुलाई तानेर उद्धार गर्दा कम्मर खुस्कियो।

मञ्जुको उपचार जनकपुरमा गरियो। उनका बुवाले सुरसण्ड लगेर थप उपचार गर्ने भनेर अस्पतालबाट ल्याए। ‘उपचार गराउने रुपैयाँ साथमा भएन। घरको खाटमा सुताएर राखेको पनि तीन वर्ष बित्यो’, आमा शैलकुमारी देवीले भनिन्, ‘दैयाँ गें दैयाँ-बेटीके डाँर कि सरकलै जिन्दगी जुलुम भगलै।’

मञ्जु उभिन सक्दिनन्। पैताला, कुर्कुच्चा, गोडा, पिडँुला, घुँडा, तिघ्रा, कम्मर सुनिएर चल्दैनन्। यी अंगका रङ घाउको असरले कालो भएको छ। घाउमा पिप भरिएर गन्हाउँछ, झिंगा भन्किन्छ। उनका छेउ कोही पर्दैनन्। पीडा महसुस गर्नेको छाती भतभती पोल्छ, नबुझ्नेले छिःछिः दूरदूर गर्छन्।

जसको सास नै बोझ बन्यो
उनका बुवा शिवजी ठाकुर छोरीको उपचार गर्न लाग्नुको साटो उल्टै धारेहात लगाउँछन्। ‘तँ मरी जा, जिन्दगीभरिको बोझ भइस्। तँलाई कमाएर सुताई-सुताई कसले खुवाउँछ’ भनेर वचन लगाउँछन्। बुवाको बोलीले मञ्जुको मुटुमा सियो घोपेझैं हुन्छ। तब आफूले फेरिरहेको सास नै आफूलाई बोझ लाग्दो रहेछ।

‘मेरा लागि कोही भगवान् हुनुहुन्छ भने मलाई उपचार गराइदिनुस्। कसैको बोझ बन्न पटक्कै मन छैन’, मञ्जुले दसऔंला जोड्दै अन्नपूर्णसँग भनिन्, ‘निको भएर आफैं कमाएर खाने मन छ।’

मञ्जुकी एक मात्र सहारा भनकै आमा हुन्। तर, छोरीको पीडामा मलमपट्टी गर्न उनीसँग कुनै विकल्प छैन। मञ्जु ओछ्यानमै दिसापिसाब गर्छिन्। त्यसको व्यवस्थापन आमाले गर्छिन्। नुहाउन त झनै गाह्रो हुन्छ। महिनावारीका बेला असह्य पीडा हुन्छ।

‘गाउँमा भाडा माझेर छोरीलाई खुवाउँछु। धनदौलत कहींकतै छैन’, शैलकुमारीले भनिन्, ‘उपचार कहाँबाट गराउने ? छाक जुटाउनै धौधौ हुन्छ।’

शैलकुमारीका श्रीमान् फर्निचरको काम गर्छन्। ‘दुई पैसा भएको कमाइ पनि आफ्नै पेटमा धोक्छन्’, उनले दुःखेसो पोखिन्। उल्टै प्रत्येक साँझ रक्सीको मातमा अबेर राति दैलो टेक्छन्। ‘भात दे’ भनेर श्रीमतीलाई थर्काउँदा रहेछन्। ‘घरमा चामल, दाल भए पो खाना पकाउने भन्दा छोरी र मलाई तथानाम गाली गर्छन्’, शैलकुमारीले पीडा पोखिन्, ‘किन गाली गरेको भन्दा ओछ्यानमा सुतेकी छोरी र मलाई कुट्न पनि पछि पर्दैनन्।’

उनीहरूको घर महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरभन्दा ७-८ किलोमिटर पश्चिममा पर्छ। थरुवाहीभन्दा अलिक दक्षिण गएर नैनही गाउँ पुग्न सकिन्छ। मूल सडकबाट दुई सय मिटर भित्र गल्ली भएर उनीहरूको दैलोमा पुगिन्छ।

फुसको छानो, अर्ध पक्की घर रहेछ। गाउँको सडक पक्की नै छ। ‘शिवजी ठाकुरको घर कुन हो ? ’ अन्नपूर्णकर्मीको प्रश्नमा नैनही गाउँका एक वृद्धले हातले मञ्जुको घर देखाउँदै भने, ‘ऊ त्यही घर हो, खपराले छाएको।’ घरनजिकै पुग्दा मञ्जु झ्यालबाट बाहिर चिहाउँदै थिइन्। को होलान् भन्ने भावमा अन्नपूर्णको टोलीतिर नै नजर लगाइन्। उनको नजरमाथि हाम्रो क्यामेराको लेन्स फोकस भयो। मञ्जुको एक तस्बिर क्लिक गर्‍यौं।

पैतृक सम्पतिमा घमण्ड गर्नु मुर्खता हो किनकि त्यो तपाइको आफ्नो कमाइ होइन ।

बिल गेट्स त्यो नाम हो जब हामी कम्प्युटरको बारे सोच्छौं तव उनलाई सम्झिन्छौ। उनलाई कम्प्युटरको पिता मानिन्छ। उनी माइक्रोसफ्ट, विश्वको सब भन्दा ठूलो कम्प्यूटर सफ्टवेयर कम्पनीको मालिक हुन । गेट्स एक सफल उद्यमी, लगानीकर्ता, समाजसेवी, कम्प्यूटर प्रोग्रामर र आविष्कारक हुन । उनले आफ्नो सबै आविष्कारहरू र जीवनको हरेक क्षेत्रमा कम्प्युटरको प्रयोगको कल्पना गर्न एक दूरदर्शी दृष्टिकोणको साथ कम्प्युटरलाई घरेलू उत्पादनमा रूपान्तरण गरे। यहाँ तपाईंलाई उत्प्रेरित गर्न बिल गेट्सका केहि प्रेरणादायी भनाइहरू छन्।

१. सफलता एक घटिया शिक्षक हो जसले एक स्मार्ट व्यक्तिलाई यो सिकाउँछ कि उसलाई कसैले हराउन सक्दैन ।

यो बिल गेट्स ले भनेको चर्चित भनाइ हो ।बिल गेट्स ले ठिक भनेका छन् कि सफलताले मान्छेलाई घमण्डी बनाउछ जव मानिस सफल हुन्छ तव उसले आफुलाई सबै भन्दा शक्तिशाली सोच्न थाल्छ र अन्तत यहि सोच र घमण्डले मान्छेलाई बर्बाद गरि दिन्छ ।

२. आफूलाई यस संसारको कुनै अरु व्यक्ति संग तुलना नगर्नुहोस् । यदि तपाईंले त्यसो गर्नुहुन्छ भने, तपाईं आफैले अपमान गरिरहनु भएको छ।

सबैजना अद्वितीय छन्, र आफु आफु हुनुमा गर्व हुनुपर्छ। सफल हुनु व्यक्तिपरक कुरा हो। जिन्दगीमा सफल हुने बारे होइन जीवनसँग खुशी हुनु बारे सोच्नु महत्वपूर्ण छ ।

३. तपाइँको सबैभन्दा दुःखी ग्राहक तपाइँ लाइ पाठ सिक्ने सब भन्दा ठूलो स्रोत हो।

दुखि ग्राहकले तपाईलाई परिवर्तन को महत्व सिकाउँछन् । दुखी ग्राहकहरूको समूहले परिवर्तनको आवश्यकतालाई जनाउँछ जुन जिन्दगि सुधारको लागि सहयोगी हुन्छ ।

४. जीवन सजिलो छैन – यस्तै जिन्दगीको बानि पार ! जीवन अरुले तयार पारि दिएर प्रयोग गर्न रेडि भएको सामान जस्तो हुदैन जो सजिलै प्रयोग गर्न सकिन्छ । जीवन दुख कस्ट र समस्याले भरिएको हुन्छ ,जीवनबाट असन्तुष्ट हुनुको सट्टा यसलाई स्वीकार गर्न उत्तम हुन्छ।

डा. ज्ञवाली भन्छन् : अब ला’स उठाएर सकिँदैन, देशभर क’र्फ्यु लगाऊँ, सिमाना पुरै बन्द

काठमाडौं। गत माघमा पहिलो सं’क्रमित भेटिएको नेपालमा शनिबार २० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ३१५ जना नयाँ सं’क्रमित भेटिएसँगै देशभर कोरो’नाका बि’रामीको आँकडाले २० हजार पार गरेको हो। यस्तोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक नागरिकलाई खबरदारी गरिरहेको छ। सरकारले साउन ७ गते लकडाउन खुला गरेसँगै देश को’रोनाको ग’म्भी’र सं’कटतर्फ धकेलिइरहेको छ।

पछिल्लो दुई सातायता भेटिएका सं’क्रमितहरुमा गम्भी’र खालका लक्षण देखिएका छन् भने आइसियु र भेन्टिलेटरमै राख्‍नु परिरहेको छ। यस्तो अवस्थामा धमाधम सं’क्रमितहरुको ज्या’न पनि जान थालेको छ।

सं’कट चुलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी भित्रिने नाका बन्द, सवारीसाधनमा पुन: जोरबिजोर र क’डा खालको दोस्रो लकडाउन गर्नुपर्ने जरुरी रहेको बताइसकेको छ। स्वास्थ्यकै सिफारिस अनुसार अहिले राजधानी छिर्ने नाकामा क’डाइ गरिएको छ भने जोरबिजोर पनि लागु गर्ने आन्तरिक तयारीमा सरकार जुटेको छ।

कर्फ्यु लगाऊँ

को’रोना सं’कट गम्भी’र मोडतर्फ गइरहेका बेला एकजना वरिष्ठ चिकित्सकले अब लकडाउनले मात्रै स्थिति सम्हाल्न नसकिने निचोड निकालेका छन्। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. प्रेम ज्ञवालीले देशलाई कोरोना संकटबाट जोगाउने हो भने अब लकडाउन मात्रै नभएर क’र्फ्यु नै लगाउनुपर्नेमा जोड दिएका छन्।

‘अब ७७ वटै जिल्लामा २१ दिनलाई क’र्फ्यु लगाऊँ, सिमाना पूरै बन्द गर सरकार’, उनले भने, ‘अन्यथा ला’श उठाएर सकिने सम्भावना रहने छैन।’ उनले देश नै सं’कटमा परेको अवस्थामा नागरिकको मानवअधिकार भनेर बस्‍न नसकिने तर्क गरेका छन्। ‘यस्तो अवस्थामा ब्यक्ति विशेष र मानव अधिकार भन्‍ने कुरा रहँदैन’, उनले भनेका छन्, ‘नेपालीलाई लकडाउनले काम गर्दैन।’