Jagaran Nepal आइतबार, साउन १८, २०७७

एजेन्सीबलिउड चर्चित नायिका हुन् मौनी रोय । भारतिय टेलिभिजन नागिनबाट निकै चर्चामा आएकी मौनि फिल्म क्षेत्रमा पनि उतिकै सक्रिय रहेकी छिन् । तर, यतिबेला भने मौनी रोयको लुक्समाथि ट्रोल सुरु भएको छ । हालै मौनीको तस्वीर सामाजिक संजाल भाइरल भए लगत्तै उनि माथि ट्रोल सुरु भएको हो । कालो रंगको सर्ट र हरियो रंगको ज्याकेटमा सजिएकी मौनीको अनुहारमा परिवर्तन आएपछि उनलाई फ्यानले ट्रोल बनाएको भारतिय मिडियाले जनाएको छ ।

उनको तस्वीर सार्वजनिक भए लगत्तै उनका प्यानहरुले उनको लुक्समा म्याच नभएको र राम्रो नदेखिएको प्रतिक्रिया दिएका छन् । सुन्दर देखिनकै लागि सन् २०१६ मा प्लास्टिक सर्जरी गरेकी उनलाई भारतीय मिडियाले प्लास्टिक सर्जरी गरेको बताएका छन् । उनिसंगै बलिउड नायिका आयशा टाकिया,अनुष्का शर्मा,प्रियंका चोपडा,शिल्पा शेट्टीले पनि आफ्नो ओठ सर्जरी गरेर चर्चामा आएका थिए । केहि समय पहिला एक टिभि कार्यक्रममा उनलाई निकै ओठको सर्जरी गराएको हो भन्ने पश्नमा उनी निकै आक्रोशित भएकी थिइन् ।