Jagaran Nepal आइतबार, साउन १८, २०७७

काठमाडौं । अब एक तोला सुन किन्न एक लाख चाहिने भएको छ । आज फेरि नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएसँगै अब एक तोला सुन किन्न एक लाख चाहिने भएको हो ।

आज तोलामा ३०० रुपैयाँ बढेर छापावाल सुनको भाउ तोलाको ४ सय कम एक लाख रुपैया अर्थात ९९ हजार ६०० रुपैयाँमाा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन ९९ हजार १६० रुपैयाँमा कारोबार भैरहेको छ । महासंघका अनुसार आज चादीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।