Jagaran Nepal आइतबार, साउन १८, २०७७

काठमाडौं । विश्वव्यापी माहामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण गर्न सरकारले फेरी लकडाउन लगाउने संकेत गरेको छ । लकडाउन खुलेसँगै हटेको सवारी साधन सञ्चालन गर्ने भने तत्कालै जोरबिजोर प्रणाली पुन कायम हुनेछ । यसका लागि स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी पठाएको छ । लकडाउनपछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरु घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको र कोरोना संक्रमण दर समेत उकालो लागेको भन्दै स्वास्थ्यले पुन जोरबिजोर प्रणाली लागू गर्न भन्दै चिठी पठाएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न गत ११ साउनमै चिठी पठाएको बताउनुभयो । उहाँले एउटै चिठीमा जोरबिजोरसँगै काठमाडौं उपत्यका छिर्ने नाकामा बेलुकी ७ देखि विहान ७ बजेसम्म सवारी आवागमन रोक्न भन्दै अनुरोध पत्र पठाएको बताउनुभयो ।