Jagaran Nepal शुक्रबार, साउन १६, २०७७

काठमाडौं । मलेसियामा नेपाली भनिएका एक सुरक्षा गार्ड कु’टिएको भिडियोबारे मलेसियास्थित नेपाली दूतावास ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले घटनाबारे प्रारम्भिक जानकारी लिएर आवश्यक छानबिन र कारबाहीका लागि मलेसिया प्रहरीमा प्रारम्भिक उ’जुरी दिएको पनि जनाएको छ ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । जसमा एकजना सुरक्षा गार्डमाथि नि’र्घात कु’टपि’ट गरिएको देखिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले कुटिएका सुरक्षा गार्ड नेपाली भएको बताएका छन् । तर, उनी नेपाली नै हुन् वा अन्य कुनै देशका नागरिक हुन् भन्नेबारे स्पष्ट भइसकेको छैन ।

नेपाली दावी गर्दै सामाजिक संजालमा भिडियो भाइरल भएपछि क्वलालम्पुरस्थित नेपाली दूतावासले आफ्नो ग’म्भीर ध्यानकर्षण भएको जनाएको हो । केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ ।

भिडियोमा एक व्यक्तिले नि’र्घात रुपमा युनिफर्ममा रहेका (ड्युटीमा रहेका) एक सुरक्षा गार्डलाई कु’टेको देखिन्छ । अहिले त्यो भिडियोलाई विशेषतः विदेशमा बस्ने नेपालीहरुले सामाजिक सञ्जालमा मलेसियामा नेपाली सुरक्षा गार्डलाई कु’टिएको भनेर शेयर गरिरहेका छन् ।

भिडियोमा मलेसियन भाषा बोल्ने एक व्यक्तिले सुरक्षा गार्डलाई ‘तैँले आफूलाई के ठान्छस्, तँ यहाँ काम गर्न आको हो कि के गर्न ?’ भन्दै निर्घात रुपमा कुटेको देखिन्छ । तर, कुटाइ खाने ती सुरक्षा गार्डले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।

सामाजिक सञ्जालमा नेपाली भनेर भिडियो भाइरल भएपछि दूतावासले आवश्यक छानविन सुरु गरेको मलेसियास्थित नेपाली दूतावासले उल्लेख गरेको छ ।

‘मलेसियामा सेक्युरिटी गार्डलाई कु’टपि’ट गरेको सामाजिक संजालमा आएको भिडियो सम्बन्धमा नेपाली राजदूतावास क्वालालम्पुरको गम्भीर ध्यानाकर्षण भएको छ । सो घटनाको थप अ’नुसन्धा’नका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उ;जुरी गरिसकिएको छ । साथै यस विषयमा थप जानकारी भएमा हाम्रो इमेल ठेगाना वा  हाम्रो हटलाइन नम्बर ०१६२४७२७७७ मा सम्पर्क गर्नुहुन समेत अपिल गर्दछौं,’ मलेसियास्थित नेपाली दूतावासले भनेको छ ।