Jagaran Nepal बिहिबार, साउन १५, २०७७

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन पछि बलिउडकी चर्चित अभिनेत्री कंगना रौनतले दिएको अभिब्यक्तिले सो घटनाले नै अर्कै मोड लियो । देहत्याग गरेको पुष्टि भइसक्दा पनि प्रहरीले सो घटनाका बारेमा फरह ढंगले अनुसन्धान गर्नु परेको छ । अहिले सम्म दुई दर्जन ब्यक्तिसंग प्रहरीले वयान लिइसकेको छ । सुशान्तको निधनलाई लिएर कंगनाले परिवारवादको कुरा उठाएपछि बलिउडमा वहस सुरु भएको छ ।

परिवारवादकै कारणले सुशान्तले यस्तो निर्णय गरेको भन्दै कंगनाले भिडियो सार्वजनिक गरेकी थिइन् । उनले सुशान्तलाई केही फिल्मी क्षेत्रका ब्यक्तिले वहिष्कार अभियान नै चलाएको बताएकी थिइन् । उनले बलिउडमा फरक क्षेत्रवाट आएका कलाकारलाई अवसर नदिइने बताउँदै आएकी छन् । बुवा आमा निर्देशक र फिल्म निर्माता भएकाहरुका छोराछोरीलाई मात्र अवसर दिइने भएकाले सुशान्त जस्ता कलाकारले अवसर नपाउने उनको तर्क थियो । अहिले प्रहरीले कंगनालाई मुम्बई स्पष्टीकरणका लागि पत्र पठाएको छ ।

पहिलो पटक पत्र पठाउँदा उनी प्रहरी कार्यालय उपस्थित भइनन् । स्पष्टीकरणका लागि बोलाइए पनि उनी प्रहरी कार्यालयमा हाजिर नभएका कारण दोस्रो पटक पत्र पठाइएको प्रहरीले जनाएको छ । यस पटक पनि कंगना प्रहरी कार्यालयमा हाजिर नभए पक्राउ गरीने प्रहरी बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेता सुशान्त सिंह राजपूतको विषयमा कंगनाले विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै आएकी छन् । उनका अनुसार बलिउडका केही कलाकारले सुशान्तलाई गलत निर्णय गर्न बाध्य बनाएको बताइएको छ ।

कंगनाले बोलेको कुरा पुष्टि गर्न प्रहरीमा उजुरी परेपछि बयानका लागि उनलाई प्रहरीले बोलाएको हो । कंगनासहित केही कलकारले बलिउउमा नातावाद रहेका जनाएका छन् ।अभिनेत्री कंगनाले सुशान्त सिंह घटनाको निष्पक्ष निर्णय नआए सरकारले यसअघि आफूलाई सम्मान गरेको पद्मश्री पुरस्कार सरकारलाई नै फिर्ता गर्ने घोषणा गरेकी छन् ।