Jagaran Nepal बुधबार, साउन १४, २०७७

काठमाडौँ। स्मार्टफोन प्रयोग गरिरख्दा यसमा धेरै किसिमका चुनौतीहरुको पनि सामना गर्नुपर्दछ। अनावश्यक जस्तो सुकै एप्सहरु मोबाइलमा डाउनलोड गर्दा मोबाइलमा भएका आफ्ना महत्वपुर्ण सूचनाहरु पनि हराउन सक्छ ।

वर्तमानस्थितिमा मोबाइल तथा कम्प्युटर ह्याक गर्नेहरुको सक्रियता पनि बढेको छ। पछिल्लो समय ह्याकरहरूले पनि अवसरको फाइदा उठाउँदै सूचना चोर्ने तथा ठगी गरिरहेका छन्।

आफ्नो मोबाइलका डाटा सुरक्षित राख्न यी काम अवश्य गर्नुहोस्

पासवर्ड एपको प्रयोग : सामान्यतया जटिल पासवर्डहरू सिर्जना गर्न प्राय गाह्रो हुने गर्दछ, तर पासवर्ड एपमार्फत जटिल खालका पासवर्ड सजिलै सिर्जना गर्न सकिन्छ ।यसबाहेक, पासवर्ड एपले सिर्जना गरिएको पासवर्ड पूर्ण सुरक्षितरुपमा राख्दछ। यस्ता एप गुगल प्ले स्टोर र अन्य स्टोरहरुमा उपलब्ध छन्।

म्यासेजिङ एपको प्रयोग :
सामान्यतया सबैले सन्देश पठाउन फोनमा अवस्थित सन्देश प्रवाह प्लेटफर्म प्रयोग गर्ने गर्छौँ। तर, फोनमा अवस्थित सन्देश प्रवाह प्लेटफर्मले व्यक्तिगत डाटालाई जोखिममा पार्दछ। म्यासेजिङ एपले प्रयोगकर्ताको च्याट, फोटो र भिडियोहरू पूर्ण रूपमा सुरक्षीत राख्ने गर्दछ। यसबाहेक प्रयोगकर्ताहरूले म्यासेजिङ एपमा साधारण सन्देश प्लेटफर्ममा भन्दा धेरै सुबिधा प्राप्त गर्न सक्छन्।

स्मार्टफोन अपडेट गर्नुहोस् :
आफ्नो स्मार्टफोनलाई आवधिक रूपमा अपडेट गर्नुपर्दछ, यसले ह्याकरहरूलाई प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी चोर्ने अवसर दिँदैन । यस बाहेक प्रयोगकर्ताहरूले अपडेटमा एन्ड्रोइड सुरक्षा प्याचको साथ धेरै सुरक्षा सुविधाहरू प्राप्त गर्दछन्।

थर्ड पार्टीबाट एप डाउनलोड नगर्नुहोस :
कहिले पनि तेस्रो पक्षबाट एप डाउनलोड गर्नुहुँदैन। प्रयोगकर्ताहरुलाई धेरै पटक एप डाउनलोड गर्ने लिंकहरू सन्देशमा पनि आउने गर्छन, त्यस्ता सन्देशहरुलाई बेवास्ता गर्नु नै उचित हुन्छ। यदि एप डाउनलोड गर्न चाहनुहुन्छ भने एप स्टोर वा प्ले स्टोरबाट मात्र गर्नुहोस्।