Jagaran Nepal बुधबार, साउन १४, २०७७

हॉमीहरुले तुरुन्तै बेच्नुपर्ने सामग्रीलाई उत्तर दिशाातर्फ सजाउनुपर्छ,अझै वायव्य कोणमा बिक्री वस्तु राखेमा शीघ्रातिशीघ्र बिक्री हुन्छ पसलको स्वामी (व्यापारी) ले उत्तर दिशातर्फ फर्केर,उत्तर दिशाको भित्तालाई नछोइकन,उत्तर या पूर्व दिशातर्फ मुख फर्काएर गद्दीमा बसी सामान बेच्नुपर्छ र व्यापारीको मुख उत्तरतर्फ फर्केर बसेको खण्डमा क्यास बक्स आफ्नो बायाँतर्फ राख्नुपर्छ पसलेको मुख पूर्वतर्फ फर्केर बसेको अवस्थामा क्यास बक्स दायाँतर्फ राख्नु

उचित हुन्छ र उत्तर गेट भएको व्यापारिक भवनमा धनात्मक ऊर्जा क्षेत्रमा प्रवेश मार्ग बनाउनाले धन लाभ हुने र सुख साथै समृद्धि प्राप्त हुन्छ साथै व्यापारको स्वामी यदि कुर्सीमा बस्नुपर्ने अवस्थामा पूर्व दिशाको मध्यभाग दक्षिण पूर्व (अग्निकोण)लाई छोडेर मालिकको कुर्सी राख्नुपर्छ आग्नेय कोणमा कुर्सी राख्नै पर्ने अवस्था आएमा,पूर्वी भित्ताको दक्षिणी भागतर्फ नछोइकन बस्ने व्यवस्था गर्नुपर्छ क्यास काउन्टर सधैँ उत्तर–पूर्व दिशा (इशान)कोणमै बनाएमा पूर्ण

लाभ मिल्छ र धनात्मक ऊर्जा क्षेत्रमा प्राप्त धन अधिक कालसम्म रहिरहने छ व्यापारिक भवनमा सुरक्षार्थ खटिएका प्रहरी एवं सुरक्षा गार्ड उत्तर–पूर्व या पूर्व दिशामा रहनु आवश्यक छ दक्षिण–पूर्व (अग्नि कोण) मा खडा प्रहरी उत्तर मुखगरी उभिएमा चिन्ता बढाउने साथै गलत खालको व्यापारिक सन्देश,बाहिर निस्केर स्वामीलाई क्षमायाचनासमेत गर्नुपर्ने हुन सक्छ र रत्नाभूषण,ऊनी कपडा,खाद्यान्न,विभिन्न प्राविधिक उपकरण या कमिसनसम्बन्धी कामको लागि

पूर्व दिशा फर्केको स्थान शुभ हुन्छ र यस प्रकार उपयुक्त वास्तुशास्त्रीय सिद्धान्तमाथि विभिन्न वर्गका व्यापारीहरुले पालना गरी आफ्नो व्यापार व्यवसाय गरेमा उच्च आम्दानी गरी धन–धान्य,समृद्धि,सुख शान्ति प्राप्त हुनेछ र यसलाई हजुरहरुले पनि पालना गर्न नभुल्नु होला !! सबिता आचार्य माताको फेसबुक बाट साभार.