Jagaran Nepal बुधबार, साउन १४, २०७७

एजेन्सी, १४ साउन । स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्ट्राइकर मारियानोलाई कोरोना भाइरसको सं,क्र,म,ण पुष्टि भएको छ । २६ बर्षीय मारियोलाई सं,क्र,म,ण पुष्टि भएको रियल मड्रिडले एक वक्तव्य जारी गर्दै जनाएको छ ।

संक्रमण पुष्टि भएलगत्तै उनलाई आइसोलेशनमा राखिएको छ । उनी जुलाई अन्तिममा भएको लालिगाको यो सिजनको अन्तिम खेलमा अतिरिक्त खेलाडीमा समावेश थिए । तर उनलाई खेलमा भने उतारिएको थिएन । रियल मड्रिडले आउँदो अगस्ट ७ मा च्याम्पियन्स लिगमा नचेस्टर सिटीसँग खेल्नेछ ।

यो पनि अर्को महिना बेइजिङगमा फुटबल प्रतियोगिता हुने

एजेन्सी, १२ साउन । कोरोनाभाइरसबाट सबैभन्दा पहिले प्रभावित भएको चीनको राजधानी बेइजिङमा अर्को महिना फुटबल प्रतियोगिता हुनेभएको छ ।सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार बेइजिङमा ३७ औँ बेइजिङ रात्रि वाइडुई कप हुने भएको हो ।

युवा फुटबल प्रतियोगिताको रुपमा रहेको यस बाइडुई कप आगामी अगस्टको १९ तारिखदेखि शुरु हुने जनाइएको छ ।कोरोनाभाइरसको त्रासका कारण कतिपय सुरक्षा सतर्कता अपनाउनु पर्ने अवस्था हुँदाहँुदै पनि फुटबल प्रतियोगिता गर्न लागिएको हो ।

प्रतियोगितामा भाग लिने खेलाडीहरूलाई १५ समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि अनलाइन फाराम भर्ने म्याद यही जुलाई ३१ मा बन्द हुने भएको छ ।