Jagaran Nepal बुधबार, साउन १४, २०७७

काठमाडौँ । साताको चौँथो दिन अर्थात बुधबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

आज सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो। हिजो छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन ९८ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९७ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १२ सय ४५ रुपैयाँमा कोरोबार भएको थियो।