Jagaran Nepal मंगलबार, साउन १३, २०७७

वस्तुशास्त्रमा केही यस्ता चिजको बारेमा बताइएको छ, जसलाई आफ्नो आसपास राखेर आफूमा सकारात्मक बदलाव ल्याउन सकिन्छ। यसले भाग्य चम्काउन सकिन्छ। कतिपय मानिस आफ्नो करियर वा व्यापार राम्रो बनाउन दिनरात मेहनत गर्छन्। तर, अपेक्षा अनुसार सफलता पाउँदैनन्। कयौं पटक आसपास रहेको नकारात्मक ऊर्जाले सफलतामा बाधा उत्पन्न गराउँछ।

फेइङशुईमा आसपासको वातावरण सकारात्मक ऊर्जाले चार्ज गर्ने वा सफलताको दर बढाउने केही सजिलो उपाय दिइएको छ। यी उपाय गरेर भाग्य चम्काउन सकिने वास्तुविद् बताउँछन्। वास्तुशास्त्र अनुसार केही यस्ता चिज छन्, जसलाई आसपास राखेर आफूमा सकारात्मक बदलाव ल्याउन सकिन्छ।

१) आफ्नो गुड लक बढाउन घरभन्दा बाहिर गमला राखेर त्यसमा बिरुवा रोप्नुस्। गमलामा तीन सिक्का राख्नुस्। सकेसम्म निलो गमलामा बिरुवा रोप्नुस्।२) घर वा कार्यालयमा यस्तो कुर्सी प्रयोग गर्नुस्, जसको पछाडिको भाग सामान्य कुर्सीभन्दा अग्लो होस्। घरमा राखिएको पेन्टिङ वा तस्बिर आफ्नो उचाइभन्दा अग्लो हुनुपर्छ। यसले गुड लक बढाउन मद्दत गर्छ।थप जानकारीका लागि |

यो पनि पढ्नुहोस् :आइतबार जन्मेका मानिसको भाग्य र स्वभाव कस्तो हुन्छ ? साताको पहिलो दिन अर्थात आइतबार सबेका लागी महत्वपूर्ण हुन्छ । साताकै पहिलो दिन भएकाले मानिसहरुले आफ्नो नयाँ योजना अनुसार यो दिनलाई सदुपयोग गर्ने योजना बुनिरहेका हुन्छन् भने यो दिन खासमा भगवान् सूर्य देवताको दिनका रुपमा पनि हेरिन्छ ।

ज्योतिष शास्त्रका अनुसार आजको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ । धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता तामसी भोजन खानु हुँदैन ।

आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ । यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमिन्छ । आजको दिनमा सूर्य अर्घ्य मन्त्र–

ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरस्।।ॐ सूर्याय नमस् , ॐ आदित्याय नमस्, ॐ नमो भास्कराय नमस्।
अर्घ्य समर्पयामि।। जप्दै काम गर्दा मनोकामना पूरा हुने शास्त्रमा उल्लेख छ ।