काठमाडौँ । भारतको उत्तराखण्ड पुलिसले पुलिस डिपार्ट नै बदनाम गराउने गरी एउटा घटना घटाएको छ । बाईक चेकिङको समयमा सवारीकर्ताको चाँबी खोसेर निधारमा ठोकीदिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।
रुद्रपुर सिटी पेट्रोल युनिट (सीपीयू) ले एक बाइक चालक युवकको निधारमा चाँबी घुसाइदिएको हो । उक्त घटना पछि आक्रोशित स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका थिए ।
उक्त घटनापछि स्थानीय विधायक राजकुमार ठुकरालले रुद्रपुरबाट सिटी पेट्रोल युनिट (सीपीयू) हटाउन माग गरेका छन । यस विषयमा अनुसन्धान भइरहेको पुलिसले जनाएको छ ।